नेकपा नेता राईसहित ४ जना चार महिनापछि रिहा

काठमाडौँ, २४ असार । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कोसी ब्युरो इन्चार्ज किरण राईसहित ४ जना नेताहरु रिहा भएका छन् । गत चैत ५ गते धनकुटाबाट गिरफ्तार केन्द्रिय सदस्य राई सहित कोशि ब्युरो सदस्य दिपसन लिम्बु, धनकुटा ईन्चार्ज माधव गौतम र सेक्रेटरी नवराज भट्टराई चार महिनापछि इलामबाट रिहा भएका हुन् ।इलाम जिल्ला प्रशासनले आज अपरान्ह रिहा गरेको हो ।
अदालतले पटकपटक रिहा गर्न अादेश दिएपनि एक जिल्लाबाट अर्को जिल्लामा लिँदै मुद्दा लगाउँदै प्रहरीले हिरासतमा राखेको थियf] । सरकारले अादालतको अादेशको उलंघन गरेर कानुनी राज्यलाई चुनौती दिएको भन्दै अधिकारवादीहरुले रिहाईको माग गर्दै अाएका थिए । ‘
उनीहरुलाई केही दिनसम्म बेपत्ता पारेको भन्दै राष्ट्रिय मानव अधिकार अायोगले विज्ञप्ति निकालेर रिहा गर्न माग गरेको थियो । गत चैत ५ गते धनकुटाको हिलेबाट गिरफ्तार गरि चैत २९ गते धनकुटा जिल्ला प्रशासनले सामान्य धरौटिमा छोडे लगत्तै उनीहरुलाई पुन उदरपुरबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको थियो । त्यसपछि गत २७ वैशाख मा उदयपुर जिल्ला अदालतले रिहा गरेपछि पुन गिरफ्तार गरि मोरङ्ग लगियो भने जेठ आठ गते उच्च अदालत विराटनगरले रिहा र्यो । तर पुन सोहि दिन अदालत परिसरबाटै गिरफ्तार गरि सुनसरी लगियो ।
सुनसरीबाट पनि जेठ १५ गते फेरी रिहा गर्यो । पुन तत्कालै गिरफ्तार गरि झापा पुर्याइयो । भने फेरी असार ८ गते झापाबाट रिहा गरि सोहि दिन ईलाम पुर्याईएको थियो । गिरफ्तार गर्ने र छाड्ने प्रक्रिया आजबाट भने अन्त्य गर्दै प्रहरीले रिहा गरेको हो । केपी ओली नेतृत्वको सरकारले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथिको धरपकड बढाएको हो ।