आज कर्णाली बन्द

काठमाडौँ, २५ असार । आज विहानैबाट कर्णालीका पाँचै जिल्ला बन्द भएका छन् । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दका कारण बिहानैबाट बजार र यातायातका साधनहरु चलेका छैनन् । विद्यालयहरु बन्द छन् । शुक्रबार मुगुको गमगढीमा सामना परिवारको साँस्कृतिक कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेर नेताहरु गिरफ्तार गरेको विरोधमा नेकपाको कर्णाली ब्यूरोले पाँचै जिल्ला बन्दको घोषणा गरेको थियो । शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेर हवाई फायरिंग र नेता–कार्यकर्ता गिरफ्तार गरेको विरोधमा आज कर्णाली बन्दको घोषणा गरेको सो पार्टीका कर्णाली ब्यूरो इन्चार्ज एटम बिसीले बताए । बन्दका कारण कर्णालीका रुकुम (पश्चिम भाग), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला,कालिकोट, जाजरकोट, दैलेख र सुर्खेत जिल्लाको जनजिवन बिहानैबाट प्रभावित बनेको छ ।