सर्वोच्च अदालतको आदेशवाट रिहा भए लगत्तै पुन गिरफ्तार

काठमाडौँ, २७ असार । सर्वोच्च अदालतको आदेशमा नेकपाका पोलिटब्युरो सदस्यहरू पदम राई, ओम पुन, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्याय, रोल्पा–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्च समाजका अध्यक्ष रणबहादुर पुन र सम्पर्क समाजका केन्द्रीय सदस्य शिव राई रिहा भएका छन् । भने प्रहरीले पोलिटब्युरो सदस्यहरू पदम राई र ओम पुनसहित तीन जनालाई भने पुनः गिरफ्तार गरेको छ । राई र पुनसँगै उदयपुर जिल्ला इन्चार्ज केदार राईलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
गैरकानुनी थुनामा रहेका नेकपाका नेताहरूका पक्षमा वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, सुशील पन्त, एकराज भण्डारी, अधिवक्ताहरू कपीलचन्द्र पोखरेल, सतीषराज मैनाली, कान्तिराम ढुङ्गानाले बहस गरेका थिए । सवोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणा र मीरा खड्काको इजलासले गैरकानुनी थुनामुक्त गर्ने आदेश दिएको थियो । नेता पुनलाई बर्दिया र राईलाई मोरङ लगिन लागिएको छ ।