नेकपाका पोलिटब्युरो सदस्य पुनमाथि झुट्ठा मुद्दा

२०७५ असार २८ गते, बिहीबार

काठमाडौँ, २८ असार । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनलाई झुट्ठा मुद्दामा फसाउने षडयन्त्र भएको छ । पुनलाई विस्फोटक पदार्थको झुट्ठा मुद्दा लगाएर पाँच दिनको म्याद थपी बर्दिया प्रहरीले हिरासतमा राखेको समाचार प्राप्त भएको छ । नेता पुनलाई बुधबार दिउँसो सर्वोच्च अदालतले रिहा गरे पनि प्रहरीले अदालत परिसरबाट बुधबारै पुनः गिरफ्तार गरेर बर्दिया पुर्याएको थियो । नेता पुनलाई असार १९ गते मंगलबार बेलुका काठमाडौँको लाजिम्पाटस्थित बाटोमा हिँडिरहेको अवस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गिरफ्तार गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]