नेकपाद्वारा झुट्टा प्रचारवाजीको भ्रममा नपर्न अपिल

काठमाडौं, ९ साउन । नेपाल कम्युनिस्ट पार्टीले झुट्टा प्रचारवाजीको भ्रममा नपर्न आम जनसमुदायलाई अपिल गरेको छ । पार्टीको गतिविधिबाट आतंकित सरकारले देशैभरि नेकपामाथी हस्तक्षेप र दमन गर्दै आएको र यसै क्रममा नेकपाबिरुद्ध झुट्टा प्रचारवाजी थालिएकोमा उसले आक्रोश समेत ब्यक्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका .प्रवक्ता प्रकाण्डले पार्टी र नेतृत्वको प्रहरीसंग मुठभेट भएको र प्रहरीको घेरामा रहेको झुट्टा प्रचारवाजीको भ्रममा नपर्न आग्रह समेत गरेका छन ।
यस बिषयमा .प्रवक्ता प्रकाण्डको भनाई यस्तो छ – ‘हम्रो पार्टीको गत छैटौँ केन्द्रीय समितको वैठकको योजना अनुसार देशैभरी जनजागरण अभियान चलिरहेको छ । यस क्रममा पार्टी, जनता र जनवर्गीय संगठनहरु संग सम्विन्धित सयौँ कार्यक्रमहरु सम्पन्न भईरहेका छन् । देशैभरिवाट तत्कालीन माके र अन्य विभिन्न पार्टीबाट सयौँको संख्यामा नेता र कार्यक्रताहरु नेकपामा प्रवेश गरिरहेका छन् । हाम्रो पार्टीले देशैभरि संचालन गरेको आन्दोलन र क्रान्तिको पक्षमा उत्साहपुर्ण वातावरण निमार्ण भईरहेको छ । दलाल सरकार र सत्ताको जनविरोधि र राष्ट्रधाति चरित्र एकपछि अर्को गरि नाङ्घीएको छ र दलाल पुँजीवादी चरित्र सावित भएको छ । पार्टीको गतिविधिबाट आतंकित सरकारले देशैभरि हाम्रो पार्टी माथी हस्तक्षेप र दमन गर्दै आएको छ । दर्जनौको संख्यामा नेता तथा कार्यक्रताहरुलाई जेलनेल, हिरासत र झुट्टामुद्धा लगाएर आफ्नै कानुनको खिल्ली उडाएको छ ।
यो जनविरोधी र राष्ट्रधाति चरित्रमा पर्दा हाल्नको निम्ति देशमा राज्य आतंक मच्चाउने र देशलाई युद्धमा धकेल्ने षड्यन्त्र अन्र्तगत हाम्रो पार्टी र नेतृत्वको प्रहरी संग मुठभेट भएको र प्रहरीको घेरामा रहेको भन्ने झुट्टा प्रचारवाजी गरिएको छ । आम जनसमुदायलाई यो झुट्टा भ्रममा नपर्न पार्टी केन्द्रीय कार्यालय आग्रह गर्दछ ।”