अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा लुँइटेल निर्वाचित

काठमाडौं ,११ साउन । अखिल (क्रान्तिकारी)को ललितपुर जिल्ला संगठनको सम्मेलन सम्पन्न भएको छ । बिहीबार सम्पन्न २३औं जिल्ला सम्मेलनबाट विनोद लुईटेलको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । सम्मेलनका प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरिञ्जीवि ढकाल थिए ।
नयाँ कार्यसमितिका उपाध्यक्षमा रमेश सुनार, सचिवमा निगम भण्डारी, सहसचिवमा ललितजंग बम र कोषाध्यक्षमा डेविड पाण्डे निर्वाचित भएका छन् । सम्मेलनमा अखिल (क्रान्तिकारी)का केन्द्रीय महासचिव प्रकाश शाहीलगायत विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।
प्रमुख अतिथि ढकालले नयाँ कार्यसमितिले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह सफल हुने विश्वास व्यक्त गर्दै नवनिर्वाचित समितिलाई बधाई शुभकामना दिए । अध्यक्ष ढकालले सरकारले शिक्षालाई नीजिकरण गरेर श्रमजीवि वर्गका छोराछोरीलाई आधारभूत शिक्षा हासिल गर्नबाट समेत वञ्चित गराएको भन्दै वर्तमान दलाल संसदीय व्यवस्था खारेज नगरिएसम्म नागरिक निःशुल्क शिक्षा प्राप्त गर्न नसक्ने बताए ।