अाज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

२०७५ श्रावण १४ गते, सोमबार

काठमाडौं , १४ साउन । आज जुलाई ३०, अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस । विश्वभर मानव बेचबिखन विरुद्धको दिवस मनाइदै छ । मानव बेचबिखन जघन्य अपराधका रुपमा लिने गरिन्छ । विभिन्न मुलुकमा हत्या कै रुपमा मानव बेचबिखनलाई लिने गरिन्छ ।
महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बेचविखन मान्ने परिभाषा निकै पुरानो भइसकेको छ ।
पछिल्लो समय मानव बेचबिखनको प्रवृति फेरिँदै गएको छ । कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसारपसार हो । हरेक बर्ष झैं यस बर्ष पनि संयुक्त राष्ट्रसंघले मानव बेचबिखन सम्बन्धि सचेतना फैलाउन आज को दिनमा यो दिवस मनाउने गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]