अारती ईन्स्टिच्युटलाई कारबाही गर्न माग

काठमाडौं, २२ साउन । नेकपानिकटकाे अखिल क्रान्तिकारीले सल्यानकाे श्रीनगरमा रहेकाे अारती टेक्निकल ईन्स्टिच्युटलाई कारबाही गर्ने चेतावनी दिएको छ । सो ईन्स्टिच्युटले विद्यार्थीहरूबाट ६० हजार घुस लिई प्रबेशीका परिक्षामा नाम निकालिदिने तथ्य खुलासा भएपछि अखिल क्रान्तिकारीले कारबाही गर्ने चेतावनी दिएको हो । CTEVT बाट मान्यता प्राप्त भएकाे अारती टेक्निकल ईन्स्टिच्युटले इन्ट्रान्स अघि ६० हजार दिए जुनसुकै विद्यार्थीकाे नाम निकालिदिने भन्दै माेटाे रकम मागेकाे बिभिन्न अनलाइनहरुमा अाएपछि क्रान्तिकारीले घुस खाने ईन्स्टिच्युटलाई कारबाही गर्न माग गरेकाे छ । साे संगठनका जिल्ला अध्यक्ष टंक प्रकाश केसीले एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै उक्त ईन्स्टिच्युमा छानविनकाे माग गरेका छन् ।
विज्ञप्तीमा भनिएकाे छ- “प्रबेश परिक्षामा नाम निकाल्ने नाममा ६० हजार घुस माग्ने शैक्षिक माफियलार्इ कारबाहि गर्ने प्रशासन तथा सम्बन्धित निकाय सँग जाेडदार माग गर्दछाैँ । नेपाली विद्यार्थीकाे हक अधिकारकाे लागी हाम्राे संगठन सडकमा बाघकाे रुपमा अाएकाे र यस्ताे खुलियाम हुने शैक्षिक व्यापारीलार्इ हामी टुलुटुलु हेरेर बस्दैनाैं ।” साथै उक्त संगठनले यस्ताे कुरा पर्दाफास गर्ने मिडियालार्इ विज्ञप्तीमार्फत धन्यवाद दिएकाे छ । शैक्षिक दलाल माफियाहरुलाई कारबाही नगरी प्रशासन मौन रहे अखिल क्रन्तिकारीले स्वयम् कारबाही गर्ने समेत जनाएको छ ।