‘जनताका आवाजलाई दमनको सहारावाट दवाउन सकिन्न ‘

काठमाडौं, २४ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले जनताका आवाजहरुलाई दमनको सहारावाट दवाउन सकिन्छ भन्ने दुस्वप्न नदेख्न सरकारलाई चेतावनी दिएका छन । उनले नेकपाका प्रवक्ता प्रकाण्डको गिरफ्तारीको बिरोध गर्दै सो कुरा बताएका हुन् । कट्टेलले बुधबार एक विज्ञप्ति जारी गर्दै जनताका आवाजहरुलाई दमनको सहारावाट दवाउन सकिन्छ भन्ने दुस्वप्न नदेख्न ओली र यिनका दलालहरुलाई नेकपा सचेत गराउछ भन्दै आमुल परिवर्तनको निम्ति संयुक्त जन संघर्षलाई अघिडाउन उत्पीडित वर्ग तथा समुदायका जनता लगायत सवै न्यायप्रेमी जन समुदाय लाई अपील समेत गरेका छन ।
यस बिषयमा महासचिव कट्टेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका केन्द्रीय नेता तथा पार्टीका प्रवक्ता क. प्रकाण्ड (खडग बाहादुर विस्वकर्मा) लाई फासिस्ट ओली सरकारले गिरफ्तार गरी अमानवीय यातना साथ राखेको कुरा सार्वजनिक भएको छ । प्रकाण्ड मात्र हैन यो पार्टीका थुप्रै नेता तथा कार्यकर्ताहरु दलाल सरकारको जेलमा रहेका छन वा अनेकन झुटटा मुद्दा खेपिरहेकाछन । ओली सरकारको यस्तो कुकृत्यको नेपाल कम्युनिष्ट पार्टी घोर निन्दा र विरोध गर्दछ र प्रकाण्ड लगायत सबै गिरफ्तार कमरेडहरुलाई विनासर्त तत्काल रिहाई गर्न जोडदार माग गर्दछ । साथै विप्लव लगायतका नेता तथा कार्यकर्ताहरुलाई वारेन्ट जारी गर्ने र त्यसपार्टीले गर्ने शान्तिपूर्ण कार्यक्रमहरुमाथि समेत हस्तक्षेप गर्ने कुकार्य समेत रोक्न नेकपा आग्रह गर्दछ । जनताका आवाजहरुलाई दमनको सहारावाट दवाउन सकिन्छ भन्ने दुस्वप्न नदेख्न ओली र यिनका दलालहरुलाई नेकपा सचेत गराउछ र आमुल परिवर्तनको निम्ति संयुक्त जन संघर्षलाई अघि बढाउँन उत्पीडित वर्ग तथा समुदायका जनता लगायत सवै न्यायप्रेमी जन समुदाय लाई अपील गर्दछ ।”