नेकपा चितवनका ईन्चार्ज बिसीको घरमा पक्राउ पूर्जी टाँस

२०७५ श्रावण २६ गते, शनिबार

काठमाडौं, २६ साउन । नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला ईन्चार्ज लालबहादुर बिसीको घरमा सरकारले पक्राउ पूर्जी टाँस गरेको छ । पूर्जीमा बिसीलाई ‘फरार अभियुक्त’उल्लेख गरिएको छ । ज्यान मार्ने उद्योगसम्बन्धी कसुर गरेको अभियोगमा ईन्चार्ज बिसीको गुराँस गाविस–२ दैलेखमा रहेको घरमा जिल्ला अदालत चितवनले जारी गरेको म्यादी पूर्जी शुक्रबार टाँस गरिएको हो । सो कुराको पुष्टी ईन्चार्ज बिसीले शुक्रबार आफ्नो फेसबुक पेजमा स्टाटस लेखेर गरिसकेका छन् । अदालतले पूर्जीे बाटोको म्यादबाहेक ७० दिनको समयसीमा राखेर काटेको पाइएको छ । पूर्जी टाँस्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जिल्लाका प्रहरीलाई खटाएका थिए ।
अभियोगको जाहेरीवालामा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ईशुमिया धोबी रहेका छन् । ‘ज्यान मार्ने उद्योगमा कसुर गरेको छ भनी अभियोग लागेकोमा तपाईलाई गिरफ्तार गर्न वारेन्ट जारी भइराखेकोमा पक्राउ नपरेकोले यो पूर्जी टाँसिएको छ’ पूर्जीमा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]