प्रकाण्डलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं, ४ भदौ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई २४ घण्टा भित्र हिरासतमा राख्नुको कारणसहित उपस्थित गर्न आदेश दिएको छ । प्रकाण्डलाई गैरकानूनी ढंगले गिरफ्तार गरेको भन्दै भाई विरेन्द्र विश्वकर्माले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । रिटमा नेपाल सरकार गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी परिसर टेकु काठमाडौं, महानगरीय प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख, महानगरीय प्रहरी वृत्त सिंहदरबार काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार काठमाडौंका प्रमुख, जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुखलाई विपक्षी बनाइएको छ ।