नेकपा चार महिने जनजागरण अभियानमा

२०७५ भाद्र ६ गते, बुधबार

काठमाडौँ ,६ भदौ । नेपाल कम्युनिस्ट पार्टीले यही भदौ १ गतेबाट चार महिने एकीकृत जनजागरण अभियान शुरु गरेको छ । अभियान नेकपाको संगठानिक संरचना चारवटै कमाण्डमा एकैसाथ शुरु भएको छ । अभियानमा मुख्यगरी संगठनलाई देशव्यापी रुपमा सुदृढिकरण तथा विस्तार’लाई बनाइएको छ । नेकपाको साउनको पहिलो हप्ता सम्पन्न केन्द्रीय समितिको बैठकको म्यान्डेटअनुसार भदौं १ गते शुक्रबार यो अभियानको उद्घाटन गरिएको हो । चारै वटक कमाण्डमा उद्घाटन भव्य र उत्साहपूर्वक गरियो । बैठकले राष्ट्रियता इतिहासमै सर्वाधिक कमजोरमा अवस्थामा पुगेको निस्कर्ष निकालेको थियो । सोही अनुरुप अभियान जनजीविका, राष्ट्रियता, स्वाधीनताबारे जनतामा जागरण फैलाउने, महंगी, भ्रष्टचारी, बिचाैलिया, माफिया लगायत असामाजिक तत्वबारे सूसुचित र भण्डाफोर गर्ने, एकीकृत जनक्रान्ति र परिवर्तनको पक्षमा जनआधार निर्माण गर्नेलगायत सामाजिक र राष्ट्रियतासम्बन्धी महत्वपूर्ण मुद्दालाई प्रत्यक्ष रुपमा जनतामाझ कार्यक्रम संचालन गरिनेछ । यससँगै पार्टी पंक्तिलाई थप अनुशासित, क्रियाशील र लगनशील बनाउनेमा नेकपाले जोड दिइनेछ ।
त्यसनिम्ति वाल पेन्टिङ, पोष्टरिङ, अन्तरक्रिया, टोल– पिँढी तथा कोण सभाहरु हुनेछन् । गाउँटोलसम्म संगठन निर्माण र पार्टीको आन्तरिक पंक्तिलाई सुदृढ गर्ने कार्यक्रम रहने नेकपाले जनाएको छ । पूर्वीकमाण्डले आगामी असोज १५ गतेसम्मको लागि ४५ दिने कार्यक्रम सार्वजनिक गरेको छ । यसमा राजनैतिक हिसाबले पार्टी नेता–कार्यकर्ता र जनताबीचको दुरी मेटाउने, संघर्षलाई नयाँ उचाईमा उठाउने र वैज्ञानिक समाजवादी अर्थतन्त्रको विकासमा जोड दिइनेछ । गाउँगाउँमा पुगेका सिंहदरबारका दलाल र कमिशनखोर, राष्ट्रघाती गाउँटोलसम्म अाइपुगेकोबारे जनतामाझ् भण्डाफोर गर्ने र तिनलाई समाजबाटै बहिष्कृत गर्न प्रोत्साहित तुल्याउने कार्यक्रम संचालन गर्ने नेकपाको भनाई छ ।
त्यस्तै अभियानमा अभियानका क्रममा रहँदा पार्टीको कार्यनीति एकीकृत जनक्रान्ति र रणनीति वैज्ञानिक समाजवादको बारेमा पार्टी पंक्तिलाई प्रशिक्षित गर्नेछन् । सोहीअवधिमा धेरैभन्दा धेरै जनतासँग मिलेर जनश्रम र जनसेवाका कामहरु गरिने जनाइएको छ । जारी जनसत्ता निर्माण तथा विस्तार कार्यलाई तीव्रता दिइनेछ देशका सामरिक महत्वका ठाँउहरुमा नमुना विकास निर्माणका कामहरु पनि हुनेछन् । जनश्रमबाटै नेकपाले सल्लाहकार समितिका सचिव पवन आलेको सर्लाहीमा आवास निर्माण सम्पन्न गरिसकेका छन् ।
रोल्पाको थवाङमा थवाङका जनतासँग मिलेर हजारभन्दा बढी संख्या अटाउने विशाल शहिद स्मृति भवन बनाइसकेका छन् । सोही भवनमा २०७३ फागुन १ आठौं महाधिवेसन सम्पन्न भएको थियो । सोही महाधिवेसनबाट पार्टीको कार्यदिशा एकीकृत जनक्रान्ति तय गरिएको थियो । महाधिवेसन चलिरहेकै बेला सरकारले स्थानीय चुनावको घोषणा गर्यो र त्यसयता स्थानीय, प्रदेश र संघको चुनाव गरेर सरकार, सदन र सत्ता बनाइसकेको छ । नेकपाले भने दलाल संसदीय व्यवस्थालाई अस्वीकार गरेर सबैखाले चुनाव खारेजी घोषणा गर्दै जनसहभागितामा संघर्षका कार्यक्रम छेड्दै आयो । नेकपा अहिले संघर्षमै छन् । उता सरकारले नेकपा नेताहरुलाई विभिन्न अभियोग गिरफ्तार, मुद्दा र निगरानी जारी राखेको छ । एक जना स्थायी समिति सदस्य एवं प्रवक्ता, चार जना पोलिट ब्यूरो सदस्य (पीबीएम), तीन जना केन्द्रीय सदस्य अझै प्रहरी हिरासतमा छन् । नेकपाले पूर्वी, मध्य, पश्चिम र सुदूरपश्चिम गरी चार कमाण्डमा विन्यास गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]