प्रकाण्डको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाई हुदै

२०७५ भाद्र ७ गते, बिहीबार

काठमाडौँ , ७ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको रिहाई लागि सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाई हुदैछ । सर्वोच्चकै आदेशमा भदौ १ गते रिहा भएका प्रवक्ता प्रकाण्डलाई सोही राति ९ बजे राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा राखेर कार्यालय लैजाँदै गर्दा काठमाडौं प्रहरीले जबर्जस्त गिरफ्तार गरेर सोही रातिदेखि काभ्रे सदरमुकाम धुलिखेल प्रहरी हिरासतमा थुनामा राखेपछि गिरफ्तार र थुनामा राख्ने कार्य गैरकानूनी र मानव अधिकरको हनन भएकोले रिहाईको मागसहित प्रकाण्डका भाई विरेन्द्र विकले आइतबार बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए ।
रिटमाथि आदेश दिँदै न्यायाधीश ईश्वर खतिवडाले २४ घण्टाभित्र प्रकाण्डलाई सर्वोच्च अदालतमा उपस्थित (पेश) गराउन सरकार, गृह मन्त्रालय, काठमाडौं प्रहरी, काभ्रे प्रहरी लगायत विपक्षीहरुको नाममा सोमबार आदेश भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]