प्रकाण्ड सर्वाेच्चको गेटबाट पुनः पक्राउ ( भिडियोसहित )

काठमाडौँ , ७ भदौ । साउन २२ गतेदेखी गैरन्यायीक हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई रिहाई गर्न सर्वाेच्चले आदेश दिएलगत्तै फेरी सर्वाेच्चको गेटमै पक्राउ गरेको छ । पक्राउ गरेर बालाजु पुर्याइएको खबर प्राप्त भएको छ । उनलाई फलो गर्नेहरुलाई समेत प्रहरीले धम्की दिएको थियो । गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखिएको भनी रिहाईको माग गर्दै परेको रिटमा आज भएको बहस सुनेपछि सर्वाेच्चले थुनामुक्त गर्न आदेश दिएको थियो ।