‘सरकारले यस्तै हर्कत जारी राखे सशक्त संघर्ष ‘

२०७५ भाद्र ८ गते, शुक्रबार

काठमाडौं, ८ भदौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टी विरुद्ध सरकारले यस्तै हर्कत जारी राखे सशक्त संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन । महासचिव विप्लवले मानवअधिकारवादी, नागरिक समाज, न्यायपे्रमी जनसमुदायमा यसप्रकारका गैरन्यायिक हर्कतका विरुद्ध संघर्षमा उत्रिन आह्वान समेत गरेका छन् । महासचिव विप्लवले भदौ ५ गते आफ्नो पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का (असल)लाई सरकारले गिरफ्तार गरी बेपत्ता पारेको बताएका छन् । विप्लवले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शृङ्खलापूर्ण गिरफ्तारी तुरुन्त रोकेर हालसम्म गैरन्यायिक तरिकाले थुनामा राखिएका सबै नेताकार्यकर्तालाई ससम्मान रिहा गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]