प्रकाण्डलाई तीन दिनको म्याद थप

काठमाडौं, ८ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई जिल्ला अदालत नुवाकोटले तीन दिनको म्याद थप गरेको छ । प्रवक्ता प्रकाण्डलाई बिहीबार सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको मुद्दामा छाड्न आदेश दिएलगत्तै पक्राउ गरिएको थियो । प्रहरीले उनलाई पक्राउ गरी रातारात नुवाकोट पुर्याएको थियो ।