सरकारी दमनबिरुद्ध उत्रन आह्वान

२०७५ भाद्र ९ गते, शनिबार

काठमाण्डौ, ९ भदौ । नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुरमा हत्या र बलात्कारको बिरोध गर्दै आन्दोलनमा उत्रिएका जनतामाथि सरकारले गरेको दमनको बिरुद्ध उत्रन आह्वान गरेको छ । नेकपा महासचिव विप्लवले आज बिज्ञप्ती जारी गरेर बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई कार्वाही गर्नुको सट्टा हत्याको विरुद्ध उत्रिएका जनतामाथि हत्या र दमन गरिएको भन्दै सरकारको यस्तो हर्कतको बिरोधमा उत्रन आह्वान गरेका हुन् । साथै उनले महिलामाथि हिुने हिंसा, बलात्कार तथा हत्या जस्ता घटनाको विरुद्ध जनताद्वारा गरिएका आन्दोलनमा गोली चलाउने, दमन गर्ने, यस्तो कार्य गर्न निर्देशन दिने सरकारी पक्षलाई कार्वाही गर्न पनि माग गरेका छन ।
महासचिव विप्लवले प्रहरीको गोलीद्वारा मारिएका शनी खुनालाई शहीद घोषणा गर्न पनि माग गरेका छन । उनले खुनाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गरि घाइतेहरुको निशुल्क उपचार गर्न पनि सरकासँग माग गरेका छन । दैनिकजसो महिलामाथि हिंसा, हत्या र बलात्कार जस्ता घटनाहरु घटिरहेको अवस्थामा त्यस्तो अपराधमा संलग्नलाई कार्वाही गर्नुको सट्टा हत्यारा र बलात्कारीलाई कार्वाहीको माग गर्नेहरुमाथि नै प्रहरीले गोली चलाई हत्या गर्ने, घाइते बनाउने कार्य निन्दनिय भएको भन्दै उनले वर्तमान सरकारको चरित्र उदाङगो भएको बताएका छन । बलात्कार, हत्या जस्ता घटनालाई रोक्नुको सट्टा राज्य झनै दमनमा उत्रिएको भन्दै महासचिव विप्लवले कञ्चनपुर सहित देशै भरी भैराखेका बलात्कार तथा हत्याका दोषीलाई तुरुन्त पहिचान गरी कडा कार्वाही गर्न पनि माग गरेका छन । साथै नेपालका महिलाहरुमाथि शृंखलाबद्ध भैराखेका बलात्कार र हत्याका विरुद्ध सबै सरोकारवालाहरु एक भएर सशक्त आन्दोलनमा उत्रिन आह्वान समेत गरेका छन । उनले महिलाको अधिकार प्राप्ति र सुनिश्चितता यो दलाल संसदीय व्यवस्थाले नगर्ने प्रष्ठ पार्दै यसको विकल्पमा वैज्ञानिक समाजवादको अपरिहार्यता पुनर्पुष्टि भएको बताएका छन ।
यसैबीच कञ्चनपुरको महेन्द्रनगरमा आज पनि कर्फ्यु जारी छ । किशोरी निर्मला पन्तको हत्याको विरोधमा स्थानीयले आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले हिजो राति ८ बजेदेखि लगाएको अनिश्चितकालीन कर्फ्यु आज पनि जारी राखेको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बिहान बसेको सुरक्षा समितिको बैठकले कर्फ्यु आदेशलाई यथावत् राख्ने निर्णय गरेको छ ।
यसअघि हिजो भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका–१८ निम्बुखेडाका १४ वर्षीय बालक सन्नी खुनाको आज बिहान अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]