‘कञ्चनपुर घटनामा गृहमन्त्री रामबहादुर थापाको ठुलो कमजोरी’

२०७५ भाद्र ९ गते, शनिबार

काठमाण्डौ, ९ भदौ । नयाँ शक्तिका संयोजक एबम् पुर्ब प्रधानमन्त्री बाबुराम भट्टाराइले कञ्चनपुर घटनामा गृहमन्त्री राम बहादुर थापाको ठुलो कमजोरी देखिएको बताएका छन् । उनले कञ्चनपुरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १७ वर्षीय किशोर सनी खुनाको मृत्यु भएकोमा भत्सर्ना गरेको बताए। नयाँ शक्तिको प्रचार विभागले आज जारी गरेको विज्ञप्तिमा बलात्कार र हत्याको घटनालाई गम्भीर ढङ्गले लिई त्यसको छानविन र कारवाहीको प्रक्रिया द्रूतगतिमा अघि बढाउनुपर्नेमा राज्यका निकायहरूमा गम्भीरता र संवेदनशीलताको अभाव देखिएको आरोप लगाइएको छ । यस्तै घटनाको छानविन र अपराधीलाई कारवाहीको माग गर्दै स्थानीयले गरेको आन्दोलनलाई समयमै उचित सम्बोधन गर्नुको साटो राज्यप्रशासनले अनावश्यक बल प्रयोग गरेर आन्दोलनकारीलाई उत्तेजित बनाउने कार्य गरेको पनि विज्ञप्तिमा उल्लेख छ । त्यसले स्थिति झन् बिग्रँदै गएको देखिएको नयाँ शक्तिले बताएको छ । उसले प्रहरीको गोली लागी मृत्यु भएका सनि खुनाको परिवारलाई क्षतिपूर्ति प्रदान गर्न र घाइतेहरुको शीघ्र उपचार गर्न पनि सरकारसँग माग गरेको छ ।
साथै परिस्थितिलाई साम्य पार्न भन्दै स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेपनि कफ्र्यू आदेश दीर्घकालीन समाधानको उपाय नभएको भन्दै ‘ किशोरी बलात्कार र हत्याको घटनाको छानविन गरी अपराधीलाई कारवाही गर्ने काममा द्रूतरुपमा लाग्न सरकारसँग नयाँ शक्ति पार्टी, नेपाल जोडदार माग गर्दछ ।’

प्रतिक्रियाहरु

[anycomment]