ओली सरकारको जगहसाइ

२०७५ भाद्र १० गते, आईतवार

काठमाडौं, १० भदौ । गत साउन २२ गते मंगलबार काठमाडौँको टौदहबाट अपहरणको शैलीमा गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई प्रहरीले पुनः सर्वोच्च अदालत परिसरबाटै गिरफ्तार गरेको छ । साउन २२ गते पहिलो पटक गिरफ्तार गरिएका प्रकाण्डसहित उनीसँगै रहेका हरिचन्द्र आचार्य र मनबहादुर श्रेष्ठ भने सर्वोच्चको आदेशपछि रिहा भइसकेका छन् । प्रकाण्डका छोरा नरेन्द्र विकले सर्वोच्च अदालतमा पेस गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै उनीहरु सबैलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको थियो । तर, नेता प्रकाण्डलाई भने सर्वोच्च परिसरबाट निस्कने क्रममा प्रहरीले बल प्रयोग गरी गिरफ्तार गरेको थियो । राष्ट्रिय मानवअधिकार आयोगको गाडीभित्र बसेर आयुक्त सुदीप पाठकसँगै अदालतबाट बाहिरिन लागेका प्रकाण्डलाई प्रहरी बल प्रयोग गरी गिरफ्तार गरेको थियो । मानवअधिकार आयोगका आयुक्त सुदीप पाठकको निर्देशनसमेत अवज्ञा गर्दै प्रहरीले उनलाई गिरफ्तार गरेकोमा आमसञ्चारकर्मी र उपस्थित नागरिकहरुसमेत त्यतिबेला चकित परेका थिए ।
यसरी मानवअधिकारका आयोगका आयुक्तसँगै रहेका प्रकाण्डलाई बल प्रयोग गरी गिरफ्तार गरेर रातारात जिल्ला प्रहरी कार्यालय काभ्रे पु¥याइएको थियो । प्रकाण्डलाई यसरी गैरकानुनीरुपमा गिरफ्तार गरेपछि पुनः उनका भाइ विरेन्द्र विकले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराए । रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रकाण्डलाई तुरुन्त रिहा गर्न प्रहरीलाई आदेश दियो । सर्वोच्चले रिहा गर्न आदेश दिइसकेपछि पनि अदालतभित्र प्रकाण्डलाई प्रहरीले पछ्याउने र कम्पाउण्डभित्रै ठूलो संख्यामा प्रहरीको उपस्थिति देखेपछि उनले रजिष्टार र सहरजिष्टारसमक्ष अदालतको आदेशको पालना गराउँदै आफ्नो निवाससम्म सुरक्षित तरिकाले पुग्ने वातावरण बनाइदिन अनुरोध गरेका थिए । रजिष्टार, सहरजिष्टार, नेपाल बार एसोसिएसनका उपाध्यक्ष र मानवअधिकारकर्मीसहितले प्रकाण्डको भनाइको समर्थन गर्दै सरकारको रबैयाको विरोध जनाए । उनीहरुले राज्य नै निरंकुश ढङ्गले लागेकाले आपूmहरुले नैतिक समर्थनबाहेक केही गर्न नसक्ने बताए । यसरी सर्वोच्च अदालतको आदेशको विपरीत अदालतभित्र गिरफ्तारीमा पर्ने पक्का भएपछि प्रकाण्डले बारका उपाध्यक्ष, मानवअधिकारकर्मी र अधिवक्ताको साथ लिएर सर्वोच्चबाट बाहिरिने प्रयास गरे । तर, सर्वोच्चको गेटमै ठूलो संख्यामा उपस्थित प्रहरीले बल प्रयोग गर्दै प्रकाण्डलाई गिरफ्तार ग¥यो । यसरी सर्वोच्च परिसरमै बल प्रयोग गरेर गिरफ्तार गर्न लागेपछि उपस्थित बारका उपाध्यक्ष, मानवअधिकारकर्मी र पत्रकारहरुसामु प्रकाण्डले गिरफ्तार गर्न तम्सिएका सुरक्षाकर्मीलाई किन र के कारणले गिरफ्तार गर्न लागिएको हो भनी पटक–पटक प्रश्न सोधेका थिए । तर, प्रहरीले कुनै कुराको जवाफ नदिई उनलाई बल प्रयोग गरी प्रहरी भ्यानमा कोचेको थियो । यसरी सर्वोच्च अदालतको आदेशको खिल्ली उडाउँदै सर्वोच्च अदालतको परिसरबाटै गिरफ्तार भएपछि प्रकाण्डले रोष प्रकट गरे र उनले सरकारको फासीवादी शैलीको विरोध जनाए । उनले फासीवादी सरकार मूर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावादजस्ता नारा लगाए र उनको नारामा उपस्थित सबैले सहभागितासमेत जनाए ।
यसरी सर्वोच्चको परिसरबाट दोस्रो पटक गिरफ्तार गरिएका प्रकाण्डलाई अहिले नुवाकोट पु¥याइएको. छ । र उनीमाथि अर्को भूmठा मुद्दा लगाउने प्रपञ्च गरिएको छ । सरकारको यस्तो कार्यशैलीको विरोध गर्दै प्रकाण्डका भाइ विरेन्द्र विकले पुनः सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन् । जसको सुनुवाई आज हुने बताइएको छ ।
यसरी सर्वोच्च अदालतले बेकसुर सावित गर्दागर्दै अदालत परिसरबाटै पटक–पटक गिरफ्तार गर्नुले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ । यसरी सरकारले नै अदालत र प्रचलित कानुनको धज्जी उडाउने हो भने लोकतन्त्र कागजमा मात्र सीमित रहने निश्चित छ । अहिले आम राजनीतिक विश्लेषक र सचेत नागरिकबीच यही चिन्ता रहेको पाइन्छ ।
स्मरणीय छ, नेकपा देशमा बढिरहेको चरम महँगी, भ्रष्टाचार, अन्याय, बेथिति, राष्ट्रघात, जनघातविरुद्ध विगत चार वर्षदेखि निरन्तर संघर्ष गर्दै आइरहेको राजनीतिक पार्टी हो । उसले वर्तमान राज्य सत्ता दलाल पुँजीवाद, साम्राज्यवाद र घरेलु दलालहरुद्वारा निर्देशित सत्ता भएको बताउँदै त्यसलाई भत्काउनुको विकल्प नरहेको बताउँदै आएको छ । नेकपा संसदीय व्यवस्थाको सट्टा वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्घोषसहित एकीकृत जनक्रान्तिको कार्यदिशामा अघि बढिरहेको पार्टी हो । जनताको पक्षमा काम गर्दै आइरहेको राजनीतिक शक्ति हो । उसले राष्ट्रघाती, भ्रष्ट्राचारी, कालाबजारिया, माफिया र नैतिक पतन भएकाहरुलाई सचेतनस्वरुप नेकपाले एकीकृत जनजागरण अभियान निरन्तर चलाइरहेको छ । जसले गर्दा नेकपाप्रति जनताको समर्थन ह्वात्तै बढेको छ । नागरिकमा खुशी प्रवाह भएको छ । प्रकाण्डसहित गिरफ्तार सबै तहका नेता कार्यकर्ताहरुलाई बिनासर्त रिहा गर्न चौतर्फी दबाब बढ्दै गएको छ । बिभिन्न राजनीतिक दल, तिनका नेता र राजनीतिक बिश्लेषकहरुले सरकारको ज्यादतिबिरुद्ध र नेकपाका प्रवक्तासहितका नेता, कार्यकर्तालाई तत्काल रिहाइ गर्न माग गरेका छन् । – क्षेप्यास्त्र साप्ताहिक

प्रतिक्रियाहरु

[anycomment]