प्रकाण्डलाई रिहा गर्न आदेश

२०७५ भाद्र १८ गते, सोमबार

काठमाडौं , १८ भदौ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतको आदेशलाई पटक पटक अवज्ञा गरिएपछि उसले कडा आदेशसहित नेता प्रकाण्डलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले तेस्रो पटक नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई बिना शर्त रिहा तथा जिल्ला अदालतका न्यायाधीशको रोहवरमा रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले अदालतको आदेश कार्यान्वयन गर्ने दायित्व भएको निकायबाट बारम्बार आदेशलाई असम्मान गरेको भन्दै नुवाकोट जिल्ला अदालतको रोहोबरमा छाड्न आदेश दिएको छ । न्यायाधीशकै रोवहरमा रिहा गर्न आदेश दिएपछि प्रहरीले पुनः पक्राउ गर्न कठिन हुने देखिएको छ । साथै सर्वोच्च अदालते रिहा गरेको प्रमाण सर्वोच्च अदालतमा बुझाउन नुकाकोट प्रहरीको नाममा आदेश समेत जारी गरेको छ । मुद्दाको अनुसन्धान गरी प्रयाप्त आधार र कारण तथा प्रमाण भए कानुन बमोजिम मुद्दा चलाउन कानुनले रोक नलगाएको भन्दै सर्वोच्चल उनलाई रिहा गर्न भनेको हो ।

प्रतिक्रियाहरु

[anycomment]