‘ मानबअधिकार र अदालतको आदेशको उपहास भैरहेको छ’

२०७५ भाद्र २३ गते, शनिबार

काठमाडौं , २३ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सरकारले खुलेयाम मानबअधिकारको खिल्ली उडाएको र अदालतको आदेशको समेत उपहास गरेर तानाशाही रुपमा प्रस्तुत भएको ठोकुवा गरेका छन । उनले यो लोकतन्त्रको उपहास भएको पनि बताएका छन । सर्बोच्च अदालतको आदेश अनुसार भोजपुरवाट रिहा भएका प्रकाण्डलाई अदालत परिसरवाटै गिरफ्तार गरेर दाङ पुर्याइएको छ । उनलाई हिजो साँझ साढे ५ बजे जिल्ला प्रहरी कार्यालय दाङ पुर्याइएको छ र आइतवार प्रकाण्डलाई अदालतमा उपस्थित गराउने जनाइएको छ । दाङ ल्याउँदै गर्दा प्रवक्ता प्रकाण्डले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा आफूलाई राजनीतिक पूर्वाग्रहका कारण दुःख दिइरहेको बताएका छन ।

प्रतिक्रियाहरु

[anycomment]