प्रकाण्डलाई झुठ्ठा मुद्दा नलगाउन प्रहरी प्रशासनलाई चेतावनी

काठमाडौं , २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी दाङले अदालतको पटकपटकको आदेशलाई लत्याएर राजनीतिक पूर्वाग्रहका कारण आफ्नो पार्टीका प्रवक्ता प्रकाण्डलाई हिरासतमा राखेकोमा आपत्ति जनाएको छ । नेकपा दाङका सेक्रेटरी विक्रमद्वारा हस्ताक्षरित विज्ञप्तीमा आफ्नो पार्टी दलाल संसदीय व्यवस्था र यस व्यवस्थाका भ्रष्ट तत्वहरु विरुद्ध राजनीतिक क्रान्ति गरेकै कारण कपोकल्पीत, भ्रामक र झुठ्ठा आरोप लगाएर अपराधी प्रमाणित गर्न खोज्नु निन्दनीय हुनुका साथै जनविरोधी हर्कत रहेको बताइएको छ । यस्तो गैरराजनीतिक हर्कतको ज्वलन्त उदाहरण हो भन्दै विज्ञप्तीमा भनिएको दङगाली क्रान्तिकारी जनसमुदायहरुको तर्फबाट पार्टीका प्रवक्ता प्रकाण्डलाई स सम्मान रिहा गर्न माग गर्दछौ । साथै दाङ प्रहरी प्रशासनलाई दलाल सरकारको भड्कावमा परि झुठ्ठा मुद्दा नलगाउन सचेत गराएको छ ।