प्रकाण्डको घरमा प्रहरी छापा

२०७५ भाद्र २३ गते, शनिबार

काठमाडौं , २३ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको कालिकोटको माल्कोटस्थित घरमा प्रहरीले छापा मारेको छ । आफूलाई जिल्लाप्रहरी कार्यालय मान्माले पठाएको बताउने डीएसपीको नेतृत्वमा आएको हतियारसहितको टोलीले शुक्रबार बेलुका छापा मारी तलासी लिएको हो । टोलीले तलासीलिने क्रममा धम्की समेत दिइएको र घरमा रहेका प्रकाण्डका ७३ बर्षिय बुबा र छोरी जयपुरा विश्वकर्मालाई छोरा र नातिहरुबारे सोध्ने र डर देखाउने काम गरेको बुझिएको छ ।
शुरुमा ‘के कसो छ सोध्नआएको’ भनिए पनि फर्किने बेला टोलीले नयाँ मान्छे आउँदा प्रहरीलाई खबर गर्न र नेकपाका मान्छेलाई खान, बास नदिन र दिएमा ठीक नहुने धम्कीदिइएको थियो ।
प्रवक्ता प्रकाण्डलाइ गत साउन २२ गते काठमाडौंबाट गिरफ्तार गरी राज्यले कब्जामा राख्दै आएको छ । पाँचौंपटकको गिरफ्तारपछि अर्को अभियोगमाअहिले दाङको जिप्रका घोराही हिरासतमा राखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]