‘वली सरकारले तिर्न नसक्ने मूल्य चुकाउनु पर्नेछ ‘

२०७५ भाद्र २५ गते, सोमबार

काठमाडौं , २५ भदौ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले बर्तमान सरकार , प्रधानमन्त्री वली र गृहमन्त्रीले नेपाली राजनीतिकमा तिर्न नसक्ने गरी ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन । हिजो दाङ जिल्ला अदालतमा म्याद थप गरि फर्किने क्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानीमा उनले सो क्य्रा बताएका हुन् । अबको क्रान्ति र जनताको परिवर्तन सबै कुरा गर्दा सरकारलाई गलत लाग्यो, संविधान कानुन विपरित लाग्यो अहिले जुन झुठ्ठा मुद्याको खेति गरिरहेका छन् यसको मूल्य तिर्न नसक्ने हुन्छ प्रकाण्डले ठोकुवा गरे ।
तपाईको समकक्षी अहिले गृहमन्त्री हुनुहुन्छ तर तपाईको हातमा हडकडी लागेको छ भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने –‘कुनै समयको समकक्षीहरु अहिले आएर प्रतिक्रान्तिकारी हुन्छन्, प्रतिक्रियावादी हुन्छन्, राष्ट्रघाती हुन्छन् राजनीतिमा यस्तो हुन्छ, अहिले उहाँहरु विगतमा १० वर्षे जनयुद्धमा नेपाली समाज र नेपाली जनताको मुक्ति र परिवर्तनको निम्ती जुन हामीले सँगै संघर्ष गरेका थियौं, पछिल्लो दिनमा उहाँहरु प्रतिक्रान्तिको कित्तामा जानुभयो, अहिले दलाल ठेकदार भएर बस्नुभएको छ, यसकारण हामीले राष्ट्रका निम्ती अबको क्रान्ति र जनताको परिवर्तन सारासाराका कुरा गर्दा उहाँहरुलाई गलत लाग्यो संविधान कानुन विपरित लाग्यो अहिलो झुठ्ठा मुद्याको खेति गरिहनुभएको छ ।’
भोजपुर जिल्ला अदालतले रिहा गरे लगत्तै भदौंको २० गते दाङ जिल्ला प्रहरीले गिरफ्तार गरेर उनलाई बम विस्फोट तथा कर्तव्य ज्यान मुद्धा लगाइएको छ । तर मुद्धा लगाउने तथ्य आधार केही नभएको राजनीतिक पूर्वाग्रह आग्रहको आधारमा फसाउनको निम्ती झुठ्ठा मुद्धा लगाएकाले त्यसको सामना गरेर अगाडि बढ्ने प्रकाण्डले बताए ।

प्रतिक्रियाहरु

[anycomment]