गम्भीर र जीवन्तको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस हुदै

काठमाडौं , २५ भदौ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य कृष्णप्रसाद धमला ‘गम्भीर’ र मोहनबहादुर कार्की ‘जीवन्त’को रिहाईको मागसहित दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस आज हुने भएको छ । नेताद्वयलाई बन्दी बनाइराखेको नुवकोट जिल्ला प्रहरी कार्यालयले मिसिल ल्याउन ढिलाई गरेपछि बहस आज हुने भएको हो ।
आगजनी गरेर संगठित अपराध गरेको अभियोगमा नेताद्वयलाई काभ्रे प्रहरी राखिराखेको बेला भदौ २० गते बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । तर आदेशमा रिहा भएका उनीहरुलाई काठमाडौं प्रहरीले गिफ्तार गरी नुवाकोट प्रहरीलाई बुझाएको थियो । हाल दुवै जनालाई आगजनीको अभियोगमा अनुसन्धानका लागि भन्दै नुवाकोट सदरमुकाम विदुरस्थित प्रहरी हिरासतमा राखिएको छ ।