रिहा भए लगत्तै गिरफ्तार

२०७५ भाद्र २७ गते, बुधबार

काठमाडौं, २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला ईन्चार्ज टेकबहादुर के.सी. ‘आजाद’लाई प्रहरीले आज पुनः गिरफ्तार गरेको छ । आज काठमाडौंको डिल्लीबजारस्थित कारागारबाट रिहा गरेलगत्तै उहाँलाई पुनः गिरफ्तार गरी काभ्रेको सदरमुकाम धुलिखेल लगिएको छ । अदालतले तोकेको धरौटी बुझाएपछि रिहा भएका थिए । तर रिहा गरेर परिवारको जिम्मा लगाएलगत्तै कारागार परिसरबाटै प्रहरीले गिरफ्तार मंगलबार दिउँसो गरिएको हो ।
यही भदौ ४ गते आइतबार भक्तपुरबाट साँझ पक्राउ गरिएका उहाँलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोबेला पनि रिहालगत्तै गिरफ्तार गरिएको थियो ।
महानगरीय प्रहरी भक्तपुरको जगातीस्थित वृत्तमा राखिएकोमा उनलाई धरौटी नबुझाएको भन्दै भदौ २३ गते डिल्लीबजार कारागार चलान गरिएको थियो । केन्द्रीय सदस्य आजादको यो तेस्रोपटक गिरफ्तारी हो । पछिल्लो समयमा सरकारले नेकपाका नेता र कार्यकर्तामाथि धरपकड र दमन श्रृंखलालाई बढवा दिँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]