प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध सर्वोच्चमा अपहेलना मुद्दा दायर

२०७५ आश्विन १ गते, सोमबार

काठमाडौं , १ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा परेको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको भाई वीरेन्द्र बिकले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी वृत्त सिंहदरबार र डिएसपी काजीकुमार आचार्य, महानगरीय प्रहरी परिसर टेकु, उदयपुर जिल्ला अदालत, उदयपुर प्रहरी कार्यालय र प्रहरी प्रमुखलाई विपक्षी बनाइएको छ ।
सर्वोच्च अदालतले प्रकाण्डलाई रिहाई गर्न पटकपटक आदेश दिँदा पनि पुनः गिरफ्तार गरेर अदालतको आदेशको अपहेलना गरेको भन्दै मुद्दा परेको हो । रिटमा बिकले सर्वोच्च अदालतबाट भएको आदेशलाई जानाजान अवज्ञा गर्दै नेपालको संविधानको धारा १२८ को ४ उल्लंघन गर्दै २०७५ भदौ २९ गते चौथोपटक सर्वोच्च अदालत हाताबाटै गिरफ्तार गरेको भन्दै बिकले अदालतको आदेशको समेत अवहेलना गरेको जिकिर गरेका छन् ।
प्रकाण्डको रिहाईको लागि सर्वोच्चमा आइतबार दायर गरिएको रिट पाँचौं पटक हो । प्रकाण्डलाई सर्वोच्च अदालतले भदौ ४ मा पहिलोपटक, भदौ ७ गते दोश्रोपटक, भदौ १८ गते तेश्रो पटक र चौथोपटक २९ गते चौथोपटक रिहाई गर्न आदेश दिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]