जनताको कुरा उठाउँदा ज्यान मुद्दा लगाईयो : प्रकाण्ड ( भिडियोसहित )

काठमाडौं, ९ असोज । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड ५० दिनको हिरासत बसाईपछि मंगलबार रिहा भएका छन् । सर्वोच्च अदालतमा दायर पाँचौंपटकको बन्दी प्रत्यक्षीकरण रिट निवेदनको बहसपछि भएको आदेशमा प्रकाण्ड रिहा भएका हुन् । रिहा भएलगत्तै प्रकाण्डलार्ई सयौं संख्यामा भेला भएका समर्थक, कार्यकर्ता, नेता, शुभचिन्तक, वकिल, पत्रकारले स्वागत गरेका थिए । स्वागतपछि माइतीघर मण्डलमा आयोजिक छोटो कोणसभालाई सम्बोधन समेत गरे । सम्बोधन गर्दै प्रकाण्डले नेकपासँग राज्यसत्ता जित्ने शक्ति भएकैले अब सरकारले नेकपाका नेता कार्यकर्तालाई झुठा मुद्दामा लामो समय राख्न नसक्ने बताए । गृहमन्त्री रामबहादुर थापा बादललाई बुद्धि बिग्रिएका लफंगको संज्ञा दिए । बादलले हामीलाई थुनेर नेपाली क्रान्ति रोक्न सकिन्छ भन्ने बुद्धि ल्याएका छन्, त्यो लफंग तरिका काम छैन उनले भने । सम्बोधनकै क्रममा प्रकाण्डले सरकारले आफूलाई मार्ने योजना बनाएको खुलासा समेत गरेका छन् । प्रवक्ता प्रकाण्डले आफूहरुले जनताको कुरा उठाउँदा ज्यान मुद्दा लगाएको भन्दै प्रचण्डलाई १० हजार जनताको हत्या गरेको भन्दै जनअदालतमा मुद्दा दायर हुने चेतावनी दिए ।
प्रवक्ता प्रकाण्डले अहिलेको सरकारलाई भदौमा उम्रेको च्याउ भएको बताउँदै भने, “यिनीहरुको समय धेरै छैन । हामीसँग हतियार छ, त्यसको डरले मलाई र मेरा साथीहरुलाई रिहा गरेको हो ।”
प्रकाण्डले देश र जनताको मुद्दा, देश र जनताको निम्तिको मुक्तिको लागि देशी र विदेशी प्रतिक्रियावादी र यो देशका दलालहरुका बीच जुनसुकै षड्यन्त्रमा पनि आफ्नो पार्टीको क्रान्ति अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए । उनले जनताको सत्ता स्थापना नभएसम्म क्रान्ति जारी रहने बताए । “जब नेपाली जनताको राज्य सत्ता स्थापना हुँदैन, जब नेपाली जनता आफैं शासन सञ्चालन गर्ने हुँदैनन्, तबसम्म हाम्रो त्यो क्रान्ति जारी रहनेछ” प्रकाण्डले भने । उनले नेपालमा क्रान्तिको विरुद्धमा देशी–विदेशी दलालहरु जहिले पनि लाग्ने गरेको उनले बताए । प्रकाण्डले जनताको पक्षमा संघर्ष गर्दा ज्यान मुद्दा लगाएको भन्दै (नेकपा)का अध्यक्ष प्रचण्डलाई १० हजार जनताको हत्याराको मुद्दा जनअदालतमा लगाउने बताए । अहिलेको परिवर्तन प्रधानमन्त्री ओलीले नल्याएको भन्दै प्रकाण्डले धेरै ट्याँट्याँ नगर्न आग्रह भने । उनले तत्कालिन माओवादी र आफूहरुले अहिलेको परिवर्तन ल्याएको बताए ।
जनताको कुरा उठाउँदा ज्यान मुद्दा लगाईयो : प्रकाण्ड (भिडियो)