विप्लवद्वारा भ्रमपूर्ण समाचारप्रति दुःख व्यक्त

२०७५ आश्विन १० गते, बुधबार

काठमाडौं, १० असोज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भ्रमपूर्ण समाचारप्रति दुःख व्यक्त गरेका छन । आज जनआस्था साप्ताहिकमा प्रकाशित ‘विदेशतिर किन पैसा पठाए विप्लवले ?’ र ‘हतियारको नामै सुन्दा हाँसोलाग्दो’ शीर्षक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निराधार समाचार प्रकाशित गरिएको प्रति दुःख प्रकट गरेका हुन् । यस बिषयमा महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समाचारहरूको आधिकारिकताको पहिचान र संवेदनशीलताको ख्याल नगरीकन सार्वजनिक गर्नु दुःखद् कुरा हो । हामी सम्बन्धित पक्षलाई यस्ता तथ्य र प्रमाणबिनाका उत्तेजनात्मक समाचारहरू सम्प्रेषण नगर्न अनुरोध गर्दछौँ ।’
महासचिव विप्लवले ४९ दिन लामो हिरासतबाट मुक्त भएका पार्टी प्रवक्ता प्रकाण्डलगायत रिहा भएका पार्टीका अन्य नेताहरूलाई हार्दिक स्वागत तथा बधाई ज्ञापन समेत गरेका छन ।
यस बिषयमा महासचिव विप्लवद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ :

प्रतिक्रियाहरु

[anycomment]