अवैध रुपमा ढुंगा निकासी गर्ने भ्याक्कु लोडर नियन्त्रणमा

२०७५ आश्विन ११ गते, बिहीबार

काठमाडौं, ११ असोज । नेपाल कम्युनिष्ट पार्टीले अवैध रुपमा ढुंगा निकासी गर्ने भ्याक्कु लोडर नियन्त्रणमा लिएको छ । कैलालीको टिकापुरमा अवैध रुपमा ढुंगा बालुवा निकासी गरिरहेको भ्याक्कु लोडर नियन्त्रणमा लिएको हो । कैलालीको टिकापुर नगरपालिका वडा नं. २ स्थित सनकट्टी घाट क्षेत्रबाट विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले बुधबार उक्त भ्याक्कु लोडर नियन्त्रणमा लिइएको हुन् ।
नियन्त्रण पश्चात भ्याक्कु लोडरलाई इलाका प्रहरी कार्यालय टिकापुरमा बुझाइको छ । ढुंगा बालुवा निकासीमा नगरपालिकाले रोक लगाएको भनिएता पनि विभिन्न ठाउँमा अवैध रुपमा ढुंगा बालुवा निकासी कार्य हुँदै आइरहेको सूचना प्राप्त भएपछि त्यहाँ स्थित नेकपाका कार्यकर्ताले अवैध उत्खनन गरिरहेको भ्याक्कु लोडरलाई नियन्त्रणमा लिएका हुन् । सरकारी निकायले एकातिर अवैध ढुंगा बालुवा उत्खनन निकासी कार्य रोक लगाए जानकारी गराउछ तर त्यही भित्रका केही दलाल, ठेकेदार र तस्करहरुको मिलिमतोमा विभिन्न स्थानमा अवैध रुपमा ढुंगा बालुवा निकासी कार्य भइरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]