नेकपाका नेता राई र पुनलाई ३ दिनभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं , ११ असोज । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य (पीबीएम) पदमबहादुर राई ‘विकास’ र ओमप्रकाश पुनलाई बाटोको म्यादबाहेक ३ दिनभित्र अदालतमा लिखित जवाफसहित उपस्थित गराउन सरकारलाई आदेश दिएको छ । पुन र राईलाई प्रहरीले गैरकानूनी थुनामा राखेको भन्दै रिहाईको माग गर्दै पुनकी श्रीमती गौरा धामीले यही मंगलबार बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । रिटमाथिको बहसपछि सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले लिखित जवासहित उपस्थित गराउन बुधबार सरकार, गृहमन्त्रालय, दाङ प्रहरीलगायत विपक्षीहरुको नाममा आदेश भएको हो ।
पुनलाई बाँके र राई संखुवासभा जिल्ला अदालतले रिहाको आदेश रिहा भएलगत्तै प्रहरीले अदालतपरिसरबाटै पुनः गिरफ्तार गरी दाङ जिल्ला प्रहरीको हिरासतमा राख्दै आएको छ । त्यहाँ उनीहरुमाथि बम विष्फोटको अभियोग लगाइएको छ । राईलाई गत असार १६ गते काठमाडौंको बालाजुनजिक नेपालटारबाट दिउँसो र पुनलाई असार १९ गते लाजिम्पाटबाट राति ९ बजे गिरफ्तार गरिएको थियो । यसबिचमा दुवै नेतालाई विभिन्न अभियोगमा आधा दर्जन जिल्ला घुमाइसकेका छन् ।