क्रान्तिकारी पत्रकार सगंठनवाट निष्कासितहरुको अरण्य रोदन

काठमाण्डौ, १२ असोज । क्रान्तिकारी पत्रकार सगंठन, नेपाल केन्द्रीय समितिबारे पछिल्ला जे–जस्ता हल्ला आइरहेका छन्,यसबारे यथार्थ जानकारी सार्वजनिक भएकाे छ । गत बैशाख १५ गते काठमाण्डौको राष्ट्रिय सभा गृहमा उद्घाटन गरी १६ र १७ गते भक्तपुरको नगरकोटमा भएको बन्द शत्रमा पदाधिकारी चयन हुन सकेन । बन्दशत्रमा पदाधिकारी चयन हुन नसकेपछि बन्द सत्रका प्रतिनिधिहरुले मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई संगठनको पदाधिकारी टुङ्गो लगाउने जिम्मेवारी दिन सुझाव दिएका थिए । यति हुँदापनि तत्कालिन अध्यक्ष प्रभात चलाउने आफू निकटका व्यक्तिलाई पदाधिकारी बनाएरै जान जोडबल गरिरहे । पहिलेदेखि नै मनोमानी संगठन चलाउदै आएका चलाउनेले फेरी त्यै प्रवृति दोहोराउन खोजेपछि मातृ पार्टीले त्यसो नगर्न सुझाव दिदै संगठनमा सबै विषय मिलाएर जान धेरै पटक आग्रह गरेको थियो । पार्टीले समेत गरेको आग्रहलाई बेवास्ता गर्दै चलाउनेले आफू अनुकूल ‘सेट’ मिलाउन खोजेका थिए । अन्तिममा पार्टी हेडक्वाटरले समेत चलाउनेलाई अध्यक्ष र अहिलेका अध्यक्ष डुम्रेलाई महासचिव बनाएर अगाडि बढन सुझाब दिएको थियो । तर चलाउनेले आफ्नो जिद्दी नछाडेपछि नयाँ नेतृत्व चयन हुन सकेन र चयन गर्ने जिम्मा पार्टीले नै लियो । सुझाव अनुसार गत साउनमा सम्पन्न पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले प्रकाश डुम्रे लाई अध्यक्ष बनाउने बिषयमा पार्टी केन्द्रीय समितिको पूर्ण बैठकले सर्वसम्मत निर्णय गरेको हो । त्यसमा डिल्लीराज रावत उपाध्यक्ष,हिम विष्ट महासचिव,सिर्जना तिम्सिना सचिव र जानकी चौधरी कोषाध्यक्ष बनाउने निर्णय गरेको थियो ।
जव मातृ पार्टीको निर्णय बाहिर आयो तब निर्णय नमान्ने भन्दै अराजक सदस्यहरुले निर्णयका बिरुद्ध नक्कली प्रेस विज्ञप्ति निकालेर पार्टी र सगंठनबिरुद्ध बदनाम गर्ने ढंगले अनर्गल र भ्रामक प्रचारमा लागेपछि मातृ पार्टी नेकपाका केन्द्रीय कार्यालय सचिव ध्रुवले गएको भदौ १० गते एक प्रेस विज्ञप्ति निकालेर डुम्रे अध्यक्ष रहेको टिम आधिकारिक रहेको प्रष्ट पार्नुभएको थियो । विषय यतिसम्म प्रष्ट हुँदाहुँदै पनि केही अराजक र अनुशासन नमान्नेहरुलाई सुध्रिन पार्टीले निर्देशन दिने काम गर्यो ।तैपनि निर्देशनलाई आटेर गर्दै केही अराजक सदस्यहरुले पार्टी र संगठनको नेतृत्वबिरुद्ध एकपछि अर्को लगातार प्रहार गरिरहे ।
पार्टी आन्दोलनलाई बदनाम गर्ने खालका समाचार प्रकाशित गर्ने जस्तो अत्यन्तै गलत ढंगले पार्टी अनुशासन बिपरित लागेपछि पार्टीका स्थायी समिति सदस्य एवम् मध्य कमाण्ड ईन्चार्ज सुदर्शनले ५ जना पत्रकारलाई पार्टी सदस्य समेत नरहने गरि कारबाही गरेका थिए । कारबाही पर्नेहरूमा निर्वतमान अध्यक्ष प्रभात चलाउने,केन्द्रीय सदस्य जन्मदेब जैसि,कमल बुढा,सुदिप बर्देबा र बाबुराम भुषाल हुन् । जब पार्टीको केन्द्रीय समितिको बैठकले एकमतका साथ प्रकाश डुम्रेलाई अध्यक्ष बनाएर अगाडि ल्यायो तब चलाउनेको योजनामा केही पार्टी सदस्य पनि नभएका ब्यक्तिहरुलाई केन्द्रीय सदस्य बनाएर ४० जनाको डम्फु बजाउने काम गर्दै आएका छन् । जवकी ४० जना मध्य धेरै जसो सदस्य आधिकारिक निर्णय मान्ने भन्दै संगठनको काममा लागिसकेका छन् । निकालिएको विज्ञप्तिमा हस्ताक्षर समेत थिएन । धेरैजसो सदस्यले आफ्नो नाम दुरुपयोग गरेको भन्दै आपत्ति समेत जनाएका छन् । ४० जनाको केन्द्रीय समितिको कथित प्रचार गर्नेहरु मध्य केही साधारण सदस्य समेत छैनन । कतिपय भन्ने आफ्नो गृह जिल्लामा काङ्ग्रेसका बुथ प्रतिनिधि बनेका व्यक्ति छन् जो काठमाडौंमा क्रान्तिकारी पत्रकारको केन्द्रीय सदस्य भन्दै पार्टी अनुशासन विपरीत हल्ला गरिराखेका छन ।
कम्युनिस्ट पार्टीमा नेतृत्वको निर्देशन मान्नु पर्छ तर कतिपय केन्द्रीय सदस्य हरु अल्पमत र बहुमतको हौवा पिटिराखेका छन उनिहरुलाई क्रान्तिकारी पार्टीको न्युनतम मुल्य मान्यता समेत नबुझेको देखिन्छ । पार्टीको निर्णय बाहिर आईसकेपछि उपाध्यक्ष बनेका डिल्लीराज रावत समेत आफ्नो गृह जिल्लाको कार्यक्रममा सहभागी भएर पत्रकारको केन्द्रीय उपाध्यक्षको परिचय दिएका थिए । चलाउने समूहले रावतलाई अगाडी सारेपछि उनी अफ्ठेरोमा परेका थिए ।
जब दाङमा पत्रकारको केन्द्रीय समितिको बैठकमा पार्टीका तर्फबाट उपस्थित भएका स्थायी समिति सदस्य सन्तोष बुढामगर पार्टीको निर्णय नमान्नेलाई कारबाही गर्ने बताए तब डिल्लीराज रावत लगायत उग्र बन्दै आएका केही व्यक्ति संकटमा परे ।
जब पार्टीको निर्णयलाई दृढता पुर्वक कार्यान्वयन गर्न नेता बुढाले आदेश दिए तब कारबाही परेका चलाउने र संकटमा परेका रावतबीच थप कुरा मिल्यो । असोज ११ गते कारबाही परेकोहरु सहित कतिपय पार्टी सदस्यता समेत नभएकाहरु सहितको अबैधानिक भेला गरि आफुहरु विप्लव निकट भन्दै प्रचार गरेका छन्, जुन गलत प्रचार हो ।
विप्लव निकट क्रान्तिकारी पत्रकार संगठन,नेपाल केन्द्रीय अभियान लिएर पश्चिम पुगेको बेला कारबाहीमा परेका र जिल्लामा पार्टी सम्पर्कमा नरहेकाहरुको कथित भेला गरि विप्लव निकट भन्दै अनावश्यक भ्रम फिजाउने काम गर्दै आएका छन यो पुरै गलत भएको नेकपाका एक केन्द्रिय नेताले बताएका छन् ।
काठमाडौंमा गरिएको भेलाका एकजना उपाध्यक्ष जन्मदेव जैसी,महासचिव बाबुराम भुषाल पार्टीका साधारण सदस्य समेत नरहने गरि पार्टी स्थायी समिति सदस्य सुर्दशनले कारबाही गरिसकेका छन् भने कतिपय केन्द्रिय सदस्य भनिएकाहरुको सदस्यता समेत टुंगो छैन । बैठकमा उपस्थित प्रभात चलाउने पनि कारवाहीमा परिसकेका व्यक्ति हुन् । यो अवस्थामा स्वदेश तथा विदेशमा रहने आम समर्थक शुभचिन्तकहरुमा हामी यो अनुरोध गर्छौ हिजो काठमाडौंमा भनिएको बैठक विप्लव निकटका पत्रकारहरुको होइनन् ।
यतिबेला क्रान्तिकारी पत्रकार,संगठनको मातृपार्टी नेकपा अफ्ठेरो अवस्थामा छ । सरकारले नेता कार्यकर्तामाथी धरपकड गरिरहेको छ भने खुल्ला कार्यक्रम गर्न समेत दिएको छैन । यस्तै बेलामा नेकपालाई बदमान गराउन केही व्यक्ति योजनाबद्ध ढंगले लागेको संगठनको अनुमान छ । सकेसम्म नेकपालाई बदनाम बनाउने र क्रान्तिकारी पत्रकार संगठनलाई पनि बदनाम गराउने प्रयासमा लागेको हुनसक्ने नेकपाका एक नेताले जानकारी दिए । कारवाहीमा परेका व्यक्तिसमेत मिसिएर संगठनको नाममा अराजकता मच्चाएपछि डिल्ली रावत अध्यक्ष भनेर बनाईएको टिम प्रायोजित हुन सक्ने संगठनको अनुमान छ । संगठनले देशव्यापि संगठन सुदृढीकरण र अन्तरकृया कार्यक्रम गर्दै आईरहेको छ । यो अभियानलाई रोक्न पनि काठमाण्डौंबाट प्रायोजित गर्ने प्रयास भईरहेको छ ।