भूमाफियालाई कारवाही गर्ने चेतावनी

काठमाण्डौ, १२ असोज । नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरले ६ सय ५० विगा सरकारी जग्गालाई हडप्ने प्रयास भईरहेको भन्दै आपत्ति जनाएको छ । भीमदत्त नगर कार्य समिति सचिव आजादले आज विज्ञप्ति निकाल्दै भीमदत्त नगर विकास समितिको स्वामित्वमा रहेको सयौं विगा जग्गा हडप्ने प्रयास भएको भन्दै कारवाहीको चेतावनी दिएका छन ।
सचिव आजादले निकालेको विज्ञप्तिमा भनिएको छ,‘ ‘भिमदत्त नगर विकास समितिको स्वामित्वमा रहेको ६ सय ५० विगा जमिन भाडा प्रकरणमा लाखौं करोडौंको चलखेल गर्दै भू–माफियाहरु, दलालहरु अति सकृय भईरहेका छन्,भ्रष्ट नगर अध्यक्षमा पूर्व अध्यक्षहरु र केही भ्रष्ट कर्मचारीहरुले सरकारी जमिनलाई विभिन्न वहानामा हडप्ने प्रपञ्च गरिरहका छन् । ’
आजादले नगर विकासको जमिनमा अवैधानिक,अव्यवस्थित ढंगले निर्माण भएका र भइृरहेका कामहरु तुरुन्त रोक्न चेतावनी दिनुभएको छ । उहाँले भिमदत्त नगरपालिकाले गम्भीर भएर यथाशीघ्र समाधान गर्न आग्रह गरेका छन । सविच आजादले समस्या समाधान नगरे पार्टीको जनसत्ताको निर्देशनमा भूमाफियालाई कारवाही गर्ने चेतावनी दिएका छन ।