गैरकानुनी गिरफ्तारीको घोर भत्सर्ना गर्दै रिहाइको माग

काठमाडौं, १९ असोज । नेपाल कम्युनिस्ट पार्टीका धनुषा इन्चार्ज राजु र सेक्रेटरी अम्मरको गिरफ्तारीका विरुद्ध जनकपुर ब्युरोले घोर भत्सर्ना गर्दै ससम्मान रिहाइको माग गरेको छ । जनकपुर ब्यूरो इन्चार्ज अरुणद्वारा जारी विज्ञप्तीमा पार्टीका धनुषा इन्चार्ज राजु कार्की र धनुषा सेक्रेटरी अम्मर धमलालाई बिहिबार संगठनको कामको शिलशिलामा रहेको बेला धनुषाबाट प्रहरीले गिरफ्तार गरी बेपत्ता पारेको जनाएको छ । विज्ञप्तीमा भनिएको छ -‘एकातिर वार्ताको नौटंकी रच्ने र अर्कोतिर नेकपाका नेताकार्यकर्ताहरुको गिरफ्तारी बढाउँदै लैजानै वर्तमान केपी–प्रचण्ड सरकारको यसप्रकारको गैर राजनीतिक र कायरतापूर्ण अमानवीय हर्कतको हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ साथै तत्कालै कमरेडहरुको ससम्मान रिहाइको जोडदार माग गर्दछ ।’
शान्तिपूर्ण तरिकाले संचालित राजनीतिक कार्यक्रममाथिसमेत राज्यद्वारा गरिएको हस्तक्षेप, गिरफ्तारी र जनदमनले राज्यको फाँसीवादी चरित्र उदाङ्गो हुँदै भन्दै सरकारको यस्ता प्रकारका सबै हर्कत समयमै बन्द गर्न विज्ञप्तीमा चेतावनी दिइएको छ । साथै गिरफ्तार गरिएका आफ्ना नेताकार्र्यकर्ताहरुलाई तत्काल रिहा गर्ने र झुट्टा मुद्दा खारेज गर्ने काम गरोस् अन्यथा त्यस विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।
यस बिषयमा नेकपा जनकपुर ब्यूरोका इन्चार्ज अरुणद्वारा जारी विज्ञप्ती यस्तो छ –”हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीका धनुषा इन्चार्ज क. राजु कार्की र धनुषा सेक्रेटरी क. अम्मर धमलालाई २०७५ असोज १८ गते दिउँसो संगठनको कामको शिलशिलामा रहेको बेला धनुषाबाट प्रहरीले गिरफ्तार गरी बेपत्ता पारेको छ । एकातिर वार्ताको नौटंकी रच्ने र अर्कोतिर नेकपाका नेताकार्यकर्ताहरुको गिरफ्तारी बढाउँदै लैजानै वर्तमान केपी–प्रचण्ड सरकारको यसप्रकारको गैर राजनीतिक र कायरतापूर्ण अमानवीय हर्कतको हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ साथै तत्कालै कमरेडहरुको ससम्मान रिहाइको जोडदार माग गर्दछ । शान्तिपूर्ण तरिकाले संचालित राजनीतिक कार्यक्रममाथिसमेत राज्यद्वारा गरिएको हस्तक्षेप, गिरफ्तारी र जनदमनले राज्यको फाँसीवादी चरित्र उदाङ्गो हुँदै गएको छ । सरकारले यस्ता प्रकारका सबै हर्कत समयमै बन्द गरोस् । गिरफ्तार कमरेडहरुलाई तत्काल रिहा गर्ने र झुट्टा मुद्दा खारेज गर्ने काम गरोस् अन्यथा त्यस विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिन चाहन्छौं ।”