नेकपाका पोलिटब्युरो सदस्य राई र पुन रिहा

२०७५ आश्विन १९ गते, शुक्रबार

काठमाडौं, १९ असोज । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राई र ओमप्रकाश पुन आज रिहा भएका छन् । प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै रिहाइको माग गरी नेता पुनकी श्रीमती गौरा धामीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । रिटमाथिको बहसपछि सुनुवाइ गर्दै दुई माननीय न्यायाधीश मिरा खड्का, अनिलकुमार सिन्हाको आदेशमा रिहा भएका हुन् ।
बन्दीको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, खिमानन्द अधिकारी, चीरञ्जीवी ढकाल र राजु अधिकारीले बहस गरेका थिए । राईलाई संखुवासभा र पुनलाई बाँकेबाट रिहा भएपछि पुनः गिरफ्तार गरेर दाङ पर्‍याइएको थियो । असार १६ गते पार्टीको सार्वजनिक कार्यक्रमबाट राईलाई र पुनलाई असार १९ गते लाजिम्पाट प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]