वडाध्यक्षको खुकुरी प्रहारबाट पत्रकार घाइते, दोषीलाई कारबाही नगरे अान्दोलन

काठमाडौं , ३० असोज । प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष टेक बहादुर भट्टराईको आकमणमा परी सख्त घाइते भएका पत्रकार केन्द्रप्रकाश पिविलाई थप उपचारका लागि आज मध्ये राती नै लुम्बिनी अंचल अस्पताल बुटवलमा ल्याईएको छ ।
बुटवलमा उपचाररत स्वर्गद्वारी माडी मिडिया ग्रुप प्रालिका अध्यक्ष, माडी खबर साप्ताहिक पत्रिकाका सम्पादक तथा क्रान्तिकारी पत्रकार सङ्गठन प्युठानका अध्यक्ष केन्द्र प्रकाश पिविकोको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । पत्रकार पीबीमाथि सोमबार दिउँसो ३ बजे स्वर्गद्वारी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा वडा नं. वडा नं. ७ का वडाध्यक्ष टेक बहादुर भट्टराईले धारीलो हतियार खुकुरी प्रहार गरि घाइते बनाएका थिए । उनको टाउकोमा चोट रहेको छ । आक्रमणमा उत्रिने स्वार्गद्वारी नगरपालिका वडा नम्बर ७ काे अध्यक्ष भट्टराई पुर्व माओवादी केन्द्रकाे तर्फबाट वडाध्यक्ष बनेका हुन् । घाइते पत्रकार पिबिको प्युठान अस्पतालमा उपचार भैरहंदा वडाध्यक्ष भट्टराईका समर्थकहरुले फेरी आक्रमणको प्रयास गरेको प्राप्त समाचारमा जनाइएको छ ।
यसैबीच बुटवलमा घाइते पत्रकार पिबिको उपचारमा सक्रिय क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले प्युठानमा पत्रकार आक्रमण गर्ने जनप्रतिनिधिलाई तत्काल कडाभन्दा कडा कानुनी कारवाहिकको माग गरेका छन ।
घाइते पत्रकार पिविको स्वास्थ्य अवस्था बुझ्न मध्यराति लुम्बिनी अञ्चल हस्पिटल बुटवल पुगेका सँगठनका केन्द्रीय अध्यक्ष डुम्रेले “नेपाली प्रेसमाथि पछिल्लो समय हुने गरेको घटना एवम् अाक्रमणको पछिल्लो कडि पत्रकार पिविको अाक्रमण हो” भन्दै जिम्मेवार जनप्रतिनिधि बाटै यस्तो खालको अाक्रमण हुनु दुखद भएको बताए ।
जनताद्वारा निर्बाचित जनप्रतिनिधिले नै पत्रकारलाई समचार सँकलन गर्न जादा अनियमितता र भष्ट्रचारको प्रशङ्ग उठाउदा उल्टो खुकुरी हान्नु पराजित मानसिकताको उपज भन्दै त्यस्ता जनप्रतिनिधि लाई तत्काल कारबाही गर्नुपर्ने कुरामा जोड दिए ।
अध्यक्ष डुम्रेले उक्त घटनाको घोर भत्सर्ना गर्दै घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना सहित सो रबैयाले सरकार र सरकारका प्रतिनिधिबाट नै हुने यस्ताखाले घृणित क्रियाकलापले यो व्यवस्थाप्रति नै प्रश्न चिन्ह खडा गरेको बताए । उनलेे दोषि जनप्रतिनिधि वडाध्यक्षलाई तत्काल कार्वाहीको माग समेत गरे । उनलेे दोषी जनप्रतिनिधि माथि कारबाही नगरे चरणबद्ध अान्दोलनमा उत्रने समेत बताए ।