दशैँमा उपत्यकाभित्र निशुल्क बस सञ्चालन

काठमाडौं , ३१ असोज । नेपाल प्रहरीले अाजबाट काठमाडाैँ उपत्यकाभित्र निशुल्क बस सञ्चालन गरेकाे छ । टीकाकाे दिनसम्म तीन दिन चल्ने बसमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सर्वसाधारणले निःशुल्क यात्रा गर्न पाउनेछन् । नेपाल प्रहरीले जनाए अनुसार निःशुल्क बस ३ वटा रुटमा नियमित चल्नेछन् । प्रहरीले अष्टमी, नवमी र दशमीसम्म राजधानीका मुख्य तीन रुटमा परिक्रमा गर्नेगरी बस सञ्चालनमा ल्याइएकाे प्रहरीले जनाएकाे छ ।
निःशुल्क बस चल्ने रुट :
रुट नं- १ : नक्सालबाट सुरु भर्इ पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी कालिमाटी, त्रिपुरेश्वर, सहिदगेट रत्नपार्क हुँदै दरबारमार्गबाट पुन: नक्सालसम्म ।
रुट नं- २ : नक्सालबाट सुरु भर्इ मैतिदेवी, गौशाला, कोटेश्वर तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक हुँदै बालुवाटारबाट पुन: नक्सालसम्म ।
रुट नं- ३ : नक्सालबाट सुरु भर्इ जयनेपाल सिने हल, लैनचौर, सोह्रखुट्टे, नयाँ बजार, बालाजु, नयाँ बसपार्क, तिलिङ्गेटार, नारायणगोपाल चोक, सुकेधारा, चाबहिल, गौशला हुँदै रातोपुलबाट पुन: नक्सालसम्म ।
सशस्त्रकाे पनि नि:शुल्क बस
यसैगरी सशस्त्र प्रहरी बल नेपालले पनि दशैंको बिदामा काठमाडौं उपत्यकाभित्र सर्वसाधारण यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गर्दै छ । चारवटा रुटमा नि:शुल्क बस सेवा सञ्चालन हुने सशस्त्र प्रहरी बलले जनाएकाे छ ।
नि:शुल्क बस एउटा रुटमा कलंकीबाट छुटेर कालिमाटी, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, कोटेश्वर, ठिमी हुँदै सूर्यविनायक पुगी पुनः सोही रुटबाट कलंकीसम्म फिर्ता हुनेछ । अर्को रुटमा लगनखेल, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, जमल, लैनचौर, नारायणगोपालचोक, बाँसबारी हुँदै बुढानिलकण्ठसम्म पुग्नेछ भने सोही रुट हुँदै लगनखेलसम्म पुग्ने जनाइएकाे छ ।
यसैगरी तेस्राे रुटमा स्वयम्भु हल्चोकबाट छुटेर कलंकी हुँदै बल्खु, सातदोबाटो, कोटेश्वर, गौशाला, चाबहिल, सामाखुशी, बालाजु हुँदै चक्रपथ परिक्रमा गर्ने र चाैथाे रुटमा स्वयम्भु हल्चोकबाट छुटेर बालाजु हुँदै सामाखुशी, चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी भएर चक्रपथ परिक्रमा गर्ने सशस्त्र प्रहरीले जनाएकाे छ । साे रुटमा चल्ने नि:शुल्क बस सेवा काठमाडौं उपत्यकाभित्र बडादशैंको विदा अवधिभर बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने जनाइएकाे छ ।