नक्कली नोट बनाउने कारखाना !

काठमाडौं, ४ कार्तिक । महानगरीय प्रहरी परिसर काठमाडौंले रातोपुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको जनाएको छ । गएराति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि खोजी गर्दा नक्कली नोट बनाउने कारखाना नै फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले ३ लाख नेपाली रुपैयाँ नक्कली नोट पनि बरामद गरेको प्रहरी प्रवक्ता मोहन थापाले जानकारी दिए । उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, पनि बरामद भएको छ । पक्राउ परेकालाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ ।