एसपी विष्टलाई निष्काशन गर्न सिफारिस

२०७५ कार्तिक ४ गते, आईतवार

काठमाडौं, ४ कार्तिक । प्रहरी प्रधान कार्यालयले निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए । प्रहरी नायब निरीक्षक एवम् प्रवक्ता उनले गृहमन्त्रालयले उक्त सिफारिस उपर आइतबार निर्णय गर्न सक्ने सम्भावना रहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]