निर्मला हत्याकान्डका दोषीलाई कारबाही गरिए सरकार ढल्छ !

काठमाडौं, ६ कात्तिक । कन्चनपुरकी बालिका निर्मला पन्तको हत्याकान्डका दोषीलाई कारबाही गरिए वर्तमान सरकार ढल्ने दाबी गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरमा जारी ३८औं नेपालभाषा साहित्य तःमुंज्या सम्मेलनमा बोल्दै सो दाबि गरेका हुन् । उनले निर्मलाका बलात्कारी एवं हत्यारा सत्तारुढ दलकै संरक्षणमा रहेकाले दोषी पक्राउ गर्न विलम्ब भएको आरोपसमेत लगाए । बिजुक्छेले घटनाको सुरुदेखि नै प्रमाणहरु नस्ट गर्ने सुरक्षाकर्मीमाथि राजकाज मुद्दा लगाउन माग गरे ।