कर नतिर्न अपिल

२०७५ कार्तिक ९ गते, शुक्रबार

काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी, थारुवान जनपरिषद् कैलालीले स्थानीय सरकारद्वारा लादिएको महंगी कर नतिर्न सम्पूर्ण व्यापारी, शिक्षक, कर्मचारी, व्यावसायी, विद्यार्थीलागाय आमजनसमुदायलाई अपिल गरेको छ । उसले जनताबाट कर असुली गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला जनसरकार प्रमुख करणले स्थायी शान्ति, समृद्धि र स्वाधीनताका लागि वैज्ञानिक समाजवाद स्थापना गर्न जनसरकारलाई सहयोग गरीदिन अनुरोध गरेका छन् । नेकपाका कैलाली गाउँपालिका जिम्मेवार नेता अरुणलाई स्थानीय प्रशासनले गिरफ्तार गर्न लगाउने कार्यप्रति भत्र्सना गरेको छ । साथै यस्तो कार्य जारी रहे उत्पन्न पस्थितिको जिम्मेवारी स्वायम प्रशासन हुने विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]