असलको बन्दिप्रत्यक्षीकरणकाे रिटमाथि आज बहस हुने

२०७५ कार्तिक ९ गते, शुक्रबार

काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सल्यान इन्चाज चन्द्रबहादुर खड्का असलको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस आज हुने भएको छ । यसअघि असललाई सर्वोच्च अदालतले असोज १५ गते सोमबार लिखित जवाफसहित ३ दिनभित्र उपस्थित गराउन दिएको आदेशलाई सरकारले लत्याएको थियो । खड्कालाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै तत्काल रिहाईको माग गर्दै दुर्गाप्रसाद जैसीले दायर गरेको रिटमाथि बहसपछि सर्वोच्चले लिखित जवाफसहित बन्दीलाई ३ दिनभित्र अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालय, मकवानपुर जिप्रकालगायत विपक्षीहरुको नाममा यही असोज १५ गते सोमबार आदेश दिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]