नेकपाका नेता असल रिहा

२०७५ कार्तिक ९ गते, शुक्रबार

काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का ‘असल’ सर्वोच्च अदालतको आदेशवाट रिहा भएका छन् । असललाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै रिहाइको माग गर्दै दुर्गाप्रसाद जैसीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिहाईको आदेश दिएपछि उनी रिहा भएका हुन् । न्यायाधिसद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त ईजलासले खड्कालाई बिनाकारण सरकारले हिरासतमा राखेको भन्दै रिहाईको आदेश दिएको हो। सर्वोच्च अदालतले असोज १५ गते नै लिखित जवाफसहित ३ दिनभित्र खड्कालाई उपस्थित गराउन गृहमन्त्रालय, मकवानपुर जिल्ला प्रहरी कार्यालयको आदेश दिएको थियो। गतभदौ ५ गते काठमाडौँ आउँदै गर्दा धादिङको नौबिसेबाट खड्कालाई सादा पोसाकका प्रहरीले गिरफ्तार गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]