योङ रेड फोर्स नेपालको नाम परिवर्तन, अध्यक्षमा पाटन शेर्पाली

२०७५ कार्तिक १३ गते, मंगलवार

काठमाडौ ,१२ कार्तिक । योङ रेड फोर्स नेपालको प्रथम भेला काठमाडौँमा सोमबार सम्पन्न भएको छ । भेलाले पाटन शेर्पालीको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । भेलाले सङ्गठनको नाम परिवर्तन गरी युवा सङ्गठन नेपाल पारित गरेको छ । सङ्गठनका पदाधिकारीमा उपाध्यक्ष प्रेम बिक दिनेश , महासचिव भैरव पुन (सागर)सचिव सञ्जीव लामा र कोषाध्यक्षमा तिलक गुरुङ ‘रोज’चयन भएका छन । भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्ज सुदर्शनले दलाल पुँजीवाद नेपाली क्रान्तिको प्रमुख अन्तरविरोध रहेको र एकीकृत जनक्रान्ति सम्पन्न गर्न युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताए । नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाका साथै वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको नेकपाको नेतृत्वमा सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट र देशभक्तहरू एकताबद्ध हुनुपर्ने सुदर्शनले बताए ।
कार्यक्रमको उदघाटन सत्रमा ट्रेड युनियन महासघका अध्यक्ष अमर झाक्रि,दलित राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष डम्बर बहादुर बिक,अखिल नेपाल महिला सँगठनका महासचिव भृकुटी,योङ रेड फोर्सका निर्वतमान अध्यक्ष दिपेश राई,क्रान्तिकारी पत्रकार सगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेलगायतले भेला सफलताको शुभकामना व्यक्त गरेका थिए । भेलामा देशभर बाट प्रतिनिधि प्रबवेक्षकको उपस्थित रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]