बेपत्ता योद्धा परिवार समाजद्वारा जनसभामा सहभागी हुन अपिल

काठमाडौं, १४ कात्तिक । बेपत्ता योद्धा परिवार समाजले महँगी,भ्रष्टाचार,हत्या,हिंसा,दमन,राष्ट्रघातका विरुद्ध मङ्सिर ८ गते काठमाडौंमा हुने बृहत जनसभामा सहभागी हुन सबैमा अपिल गरेको छ ।
मङ्सिर ८ गते काठमाडौ जाऔ! बेपत्ता योद्धाहरुको सपना साकार पार्न क्रान्तिकारी आन्दोलनलाई एक्यवद्धता जनाऔ!! मूल अपिलसहित बेपत्ता योद्धा परिवार समाजका केन्द्रीय अध्यक्ष राम बहादुर थापा सुन्दरले एक अपिल जारी गर्दै सम्पूर्ण शहिद बेपत्ता परिवार न्यायप्रेमी जनासमुदायमा यस्तो आग्रह गरेका हुन् । विज्ञप्तीमा भनिएको छ –“भ्रष्टाचार ,कालाबजारी ,लुटतन्त्र र बेरोजगारीको समस्याले नेपाली जनता हैरान परेसान निराश मात्र छैनन् आक्रोश सहित वैज्ञानिक समाजवाद निर्माणको दिशामा अगाडी बढिरहेको बेलामा हुन गइरहेको बृहत जनसभामा सच्चा कम्युनिस्ट, देशभक्त, प्रगतिशील लोकतान्त्रिक शक्तिहरुलार्इ पार्टीको तर्फबाट व्यापक जनताको सहभागीता सहितको जनसभाबाट अपिल गर्ने,र पछिल्लो राजनैतिक घटनाको जानकारी गराउने ऐतिहासिक जनसभामा उपस्थित हुन न्यायप्रेमी जनसमुदाय, सहिद बेपत्ता परिवारजन सबैमा बेपत्ता योद्धा परिवार समाजको तर्फबाट हार्दिक अपिल गर्दछु ।”
बेपत्ता योद्धा परिवार समाजले जारी गरेको अपिलको पूर्ण पाठ – “मङ्सिर ८ गते काठमाडौ जाऔ! बेपत्ता योद्धाहरुको सपना साकार पार्न क्रान्तिकारी आन्दोलनलाई एक्यवद्धता जनाऔ!!
आदरणीय न्यायप्रेमी जनसमुदाय तथा सम्पुर्ण बेपत्ता योद्धाका परिवारजन,आदरणीय सहिद परिवारजन जनयुद्ध ,जनआन्दोलनका घाइते योद्धाहरु नेपाल यतिबेला दलाल ससदीय पुजीवादको दलदलमा फसेको छ। जस्का कारण भ्रष्टाचार ,कालाबजारी ,लुटतन्त्र र बेरोजगारीको समस्याले नेपाली जनता हैरान परेसान निराश मात्र छैनन् आक्रोश सहित वैज्ञानिक समाजवाद निर्माणको दिशामा अगाडी बढिरहेका छन् । वैज्ञानिक समाजवादमा पुर्याउने अभियानको नेतृत्व एकीकृत क्रान्तिको कार्यदिशा सहित नेपाल कम्युनिस्ट पार्टीका महासचिव क. विप्लवले गरिरहनु भएको छ । यहि मंसिर ८ गते सच्चा कम्युनिस्ट, देशभक्त, प्रगतिशील लोकतान्त्रिक शक्तिहरुलार्इ पार्टीको तर्फबाट व्यापक जनताको सहभागीता सहितको जनसभाबाट अपिल गर्ने,र पछिल्लो राजनैतिक घटनाको जानकारी गराउने ऐतिहासिक जनसभामा उपस्थित हुन न्यायप्रेमी जनसमुदाय, सहिद बेपत्ता परिवारजन सबैमा बेपत्ता योद्धा परिवार समाजको तर्फबाट हार्दिक अपिल गर्दछु ।”