सत्तारुढ दल त्याग्दै नेकपामा प्रवेश

काठमाडाैं, १७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी कंचनपुरको आयोजनामा कृष्णपुर नगरपालिकामा भएको राजनीतिक क्रान्तिकारी धुर्विकरण कार्यक्रम पार्टी सचिब राजेन्द्र विष्टको अध्यक्षतामा र पार्टीका पोलिटब्युरो सदस्य ओम प्रकाश पुनको आतिथ्यमा र महाकालि ब्युरो सदस्य संघर्ष , वि पि लगायत अन्य नेताहरुको उपस्थिती सहित स्थानीय नेता कार्यकर्ताहरुको सहभागितामा कार्यक्रम भएको छ । कार्यक्रममा सरकारी ने क पा छोडदै कृष्णपुर नगरपालिका स्थानीय तह निर्वाचनमा उपमेयर का उम्मेदवार शर्मिला थापा त्यो पार्टी छोडदै विप्लव नेतृत्व को नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन । साथै सो पार्टीबाट वसन्त भट्ट, धनबहादुर बोहरा ,करन खडका ,यज्ञ भट्ट र स्थानिय तह कृष्णपुर न पा वडा ०९ का अध्यक्षका स्वतन्त्र उम्मेदवार हिक्मत अवस्थी , राप्रपा बाट अरुण भट्टले पार्टीहरु छोडदै विप्लव नेतृत्वको नेकपा प्रवेश गरेका छन । उनिहरुलाई पार्टी पोलिटब्युरो सदस्य ओम प्रकाश पुन ले स्वागत गरेका थिए ।