नेकपाद्वारा जनसभाको तयारी तिब्र, जिल्ला जिल्लामा मोटरसाइकल र्याली

काठमाडौ, ३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले जमङ्सिर ८ गते काठमाडौमा हुने जनसभाको तयारीलाई तिब्र पारेको छ । यसैक्रममा उसले जिल्ला जिल्लामा प्रचार प्रसारको विभिन्न शैली अपनाउनुका साथै मोटरसाइकल र्याली सम्पन्न गरेको छ । सोहि सन्धर्भमा नेकपा कैलालीले मङ्सिर ८ गतेको जनसभाको प्रचारप्रसार स्वरुप सोमबार कैलालीमा मोटरसाइकल र्याली सम्पन्न गरेको छ । पार्टी स्थापना दिवशका अवसरमा काठमाणडाैमा अायाेजना हुने जनसभामा सहभागि हुन अपिल गर्दै नेकपा नेता कार्यकर्ताकाे सहभागीतामा र्याली निकालिएकाे कैलाली इन्चार्ज विवेकले जानकारी दिए । यसअघि नै घाेषित कार्यक्रम अनुसार काठमाडौँमा हुन गइरहेको जनसभामा सहभागी हुन अपिल तथा प्रचारप्रसारसहित र्याली तथा प्रदर्शन गरिएको हो । सयाैकाे सङ्ख्यामा सहभागी र्याली धनगढी बाट टिकापुर सम्म पुगेर कोणसभामा परीणत भएकाे थियाे । कोणसभा मा जिल्ला इन्चार्ज बिबेक र पुर्ब सभासद डबल ब. शाहले सम्बोधन गरेका थिए भने सन्चालन सेक्रेटरी प्रकाश मल्लले गरेका थिए ।
यता दाङ र चितवनमा पनि अाजै माेटरसाइकल र्याली निकालिएकाे थियाे । तुलसीपुर देखि घोराही सम्म झण्डा सहित र्याली गरिएको नेकपा दाङ इन्चार्ज सविनले जानकारी दिए ।
त्यस्तै चितवनमा पनि सोमबारै मोटरसाइकल जुलुस निकालेको छ । मेघौली बजारबाट बिहान ८ बजे शुरु भएको जुलुस चनौली, शारदानगर, रामपुर हुँदै मंगलपुर बजारमा पुगेर समापन भएको नेकपा चितवनका सेक्रेटरी धुर्वले बताए ।