जनसरकारद्वारा पार्टी पुनर्गठन दिवस उल्लासमय रूपमा मनाउन आह्वान
काठमाडौं, ६ मंसिर । जनसरकार प्रमुख सन्तोष बुढामगर, उपप्रमुख पदम राई र प्रतिनिधिसभा प्रमुख उमा भुजेल ‘शिलु’ ले संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीको मङ्सिर ८ गतेको जनसभासहित साताव्यापी पार्टी पुनर्गठन दिवस भव्य रूपमा सफल पार्न, सहयोग र सहभागिता जनाउन आह्वान गरेका छन । उनीहरुद्वारा आज जारी विज्ञप्तिमा ‘पार्टी पुनर्गठन दिवसमा विघटित जनसत्ता पुनर्निर्माण गर्ने महान् सुरुआतको दिन भएकाले सबै उत्पीडित जाति, क्षेत्र र श्रमिक वर्गको हर्ष र गौरवको दिन हो’, भनिएको छ ।