प्रचण्डमाथि आक्रमण !

२०७५ मंसिर ६ गते, बिहीबार

काठमाडौं, ६ मंसिर । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार बिहान चितवनको कृष्ण चोकमा आक्रमण गर्ने प्रयास गरिएको छ । खुकुरीसहित पुगेका स्थानीयले उनलाई ‘मार्ने’ धम्की दिएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित कृष्णचोक नजिक मधुपुरीमा आयोजित स्थानीय पार्टी प्रवेश गर्ने कार्यक्रम चलिरहेको बेला आक्रोशित स्थानीय प्रचण्डमाथि आक्रमण गर्न खुँडा बोकेर मञ्चतर्फ अघि बढेका थिए । तर सुरक्षार्थ खटिएका सुरक्षा टोलीले उनलाई आक्रमण हुनबाट जोगाएका छन् । प्राप्त समाचार अनुसार गत बिहिबार बिहान ९ बजेतिर भएको उक्त कार्यक्रममा प्रचण्ड उपस्थित भएको केही समयमै आक्रोशित स्थानीयको एक समूह घरेलु हतियार खुकुरीसहित कार्यक्रमस्थल जम्मा भएका थिए । आक्रोशित समूहबीचबाट एकजना हातमा नांगो खुकुरी लिई प्रचण्डलाई गाली गर्दै अगाडि बढेर आक्रमण गरेका थिए । तर त्यस आक्रमणलाई सुरक्षाकर्मीले रोके । आक्रमणमा पर्नबाट प्रचण्ड जोगिए ।
समाचारमा जनाइएअनुसार आक्रमणपछि उपस्थित प्रचण्ड पक्षधरले उनको हातबाट खुकुरी खोसे र नियन्त्रणमा नलिई कार्यक्रमस्थलबाहिर निकाले । त्यसपछि पनि ती व्यक्तिले आक्रोशित भावमा चिच्याउँदै प्रचण्डलाई अपशब्दमा गालीगलौज गरिरहे . ‘मारिदिने’ धम्की दिइरहे र पुनः आक्रमण गर्न झम्टिरहे । आक्रमण गर्ने व्यक्ति प्रचण्ड नेतृत्व नेकपा कै स्थानीय रिमाल थरका युवा भएको खुलेको छ । उनले प्रचण्डलाई ‘जनमुक्ति सेना बुझाएर पैसा खाएको, जनयुद्धको उद्देश्यलाई कुल्चेको र देश र जनतामाथि गद्दार गरेको’ भन्दै तिखो शब्दमा गाली गरेका थिए । ति व्यक्तिले आक्रोशित मुद्रमा गाली गर्दै आफूलाई नसमातेको भए ‘आज त्यल्लाई मारिदिन्थेँ’ भनेको बताइएको छ ।
समाचारमा जनाइएअनुसार आक्रोशित ती व्यक्ति आफ्नो हातको खुँडा कार्यक्रमस्थलमै खोसिएपछि प्रचण्डलाई तथानाम गालीगलौज गर्दै हतियार (खुकुरी)को खोजी गर्दैगरेका थिए । त्यही अवस्थाबीच उनलाई केही महिला र पुरुषले समातेर कार्यक्रमस्थलदेखि अन्यत्रै लगेका थिए । रिमाल जनयुद्धमा सक्रिय र इमान्दार कार्यकर्ता भएको बुझिएको छ । अध्यक्ष प्रचण्डले जनयुद्धका एजेण्डा र उद्देश्यमाथि धोका दिएको भन्दै चौतर्फी आलोचना भएको हो । यस घटनापछि प्रचण्ड थप तनाव परेका निकटस्तहरु बताउँछन् ।
यसअघि एकीकृत नेकपा (माओवादी)का अध्यक्ष रहेका बेला ६ वर्ष अघि पार्टीले दीपावलीको अवसर पारेर भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा हात मिलाउने मौका पारेर युवा पदम कुवँरले प्रचण्डलाई गालामा झापड हानेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]