नेकपाको जनसभालाई प्रकाण्डलगायत वामपन्थी नेताहरुले सम्बोधन गर्ने

२०७५ मंसिर ७ गते, शुक्रबार

काठमाडौं, ७ मंसिर । नेपाल कम्युनिस्ट पार्टीद्वारा भाेलि मङ्सिर ८ गते काठमाडौँमा आयोजित जनसभाको मुख्य वक्तामा पार्टी प्रवक्ता प्रकाण्ड हुने छन् भने सो सभालाई कम्युनिस्ट तथा वामपन्थी नेताहरु सीपी मैनाली, ऋषि कट्टेल, गोपाल किराँती ‘साइँला’ लगायत नेताहरुले सम्बोधन गर्ने भएका छन् । सो सभाको अध्यक्षता नेकपा केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेले गर्नेछन् । कार्यक्रम सञ्चालन पार्टी पोलिटब्युरो सदस्य उमा भुजेलले गर्नेछिन् । कालीमाटीबाट सुररू हुने विभिन्न जनजाति, संस्कृतिसहितकाे जुलुसको नेतृत्व पार्टी पोलिटब्युरो सदस्यहरू जीवन्त र गम्भीरले तथा बबरमहलबाट निस्कने जुलुसको नेतत्व पदम राईले गर्नेेछन् । पूर्वीकमान्डका अन्य केन्द्रीय नेताहरु बबरमहलमा, मध्यकमान्डका केन्द्रीय नेताहरु कालीमाटी र पश्चिम तथा सुदूरपश्चिम कमान्डका नेताहरु लैनचौरबाट निस्कने जुलुसमा सहभागी हुने नेकपा स्रोतले जनाएकोे छ ।

प्रतिक्रियाहरु

[anycomment]